पछिल्लो २४ घण्टामा ५८६ जना संक्रमित, एक जनाको मृत्यु

काठमाडौं। कोरोनाको कारण दैनिक रुपमा मानिसको ज्यान जान थालेको छ । पछिल्लो दुई दिन मात्रै ३ जनाको कोरोनाको संक्रमणको कारण मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । यो अवधिमा ५८६ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८४ जनाको पीसीआर र १ हजार ७१६ जनाको एन्टीजेन विधि गरी कुल ४ हजार ८ सयको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा संक्रमण भएको पाइएको हो ।

बितेको चौबिस घण्टामा ९५ जना कोरोना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय कोरोना भाइरस संक्रमितको संख्या ३ हजार ५३४ रहेको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro