कसरी चिन्ने बिषादी खरबुजा ?

Ghorahi cement

काठमाडौँ । गर्मीको मौसम सुरु भयो । यतिबेला बजारमा छ्याप छ्याप्ती खरबुजा आउन थालेका छन् । हरेक पटक खरबुजा किन्दा हामी पसलेलाई खरबुजा रातो त छ नि ? खल्लो पो छ कि भनेर सोध्छौँ ? तर खरबुजा रातो हुँदैमा यो प्राकृतिक रूपमा पकाइएको वा शरीरको लागि स्वस्थ छ भनेर चाँहि सोच्नु हुन्न ।

 

रातो खरबुजाको ठाउँमा हामीले विष खाइरहेको पनि हुनसक्छ । बजारमा सुई हालेर रातो पारिएको खरबुजा बिक्री भइरहेको हुनसक्छ । रातो बनाउनका लागि सुई हालिएको खरबुजाले उल्टै क्यान्सर जस्ता रोग निम्त्याउन सक्छन् ।

 

खरबुजा रातो हुनु भनेको यो राम्ररी पाकेको सङ्केत हो । तर कलिलैमा टिपिएको खरबुजालाई पाकेको देखाउन वा मिठो छ भन्ने पार्न खरबुजामा सुई हाल्ने गरिएको छ भनेर हामीले बेला बेलामा सुन्दै आएका छौँ । खरबुजालाई रातो बनाउन सुईको सहायताले एरिथ्रोसिन केमिकल हालिन्छ ।

 

 

योभ नेको डाई जस्तै खालको रातो रंग हो । यो खान नहुने पदार्थ हो । तर यसलाई मिडाई, क्यान्डी र पेयमा समेत हाल्ने गरेको पाइन्छ । यो केमिकल फलमा प्रयोग गर्नु हुन्न । यस्तो खालको रंग हालिएको खरबुजाको सेवनले क्यान्सर जस्ता घातक रोग लाग्न सक्छ । आजको यस लेखमा हामीहरू सुई लगाइएको खरबुजा चिन्ने तीन वटा तरिकाबारे कुराकानी गर्न गइरहेका छौँ ।

 

 

१. पहेँलो दाग भएको खरबुजा छान्नुस् :

 

हामी प्रायः चम्किलो वा पूरै हरियो भएको खरबुजा किन्छौँ । तर खरबुजा छान्दा पहेँलो दाग भएको छान्नु पर्छ । खरबुजा प्रायः माटोमाथि टुसुक्क बसेका हुन्छन् । यो हिस्सामा पहेँलो दाग बस्छ ।

 

२. घरमा खरबुजा ल्याएपछि काटेर हेर्नुस् । यदि खरबुजाभित्र ठुलो दरार देखिएको छ भने बुझ्नुस् यो खान लायक छैन । खरबुजामा सुई हाल्दा यस्तो दरार देखिन्छ ।

 

३. खरबुजालाई काटेर एउटा सानो टुक्रालाई पानीमा हालेर परीक्षण गर्नुस् । पानी तुरुन्तै रातो भयो भने बुझ्नुस् खरबुजामा इन्जेक्सन हालेर रातो पारिएको हो ।

 

४. खरबुजा काटेर कपासको सानो टुक्रालाई त्यसमाथि राखिदिनुस् । कपासमा रातो रंग सर्‍यो भने पनि बुझ्नुस् यो खरबुजा केमिकल हालेर पकाइएको हो ।

के हुन्छ एरिथ्रोसिन रसायन भएको खरबुजा खाँदा ?

 

एरिथ्रोसिन रसायन हालिएको खरबुजा खाँदा वाकवाकी लाग्ने, बान्ता हुने, भोक नलाग्ने जस्ता समस्या हुन सक्छन् । लामो समयसम्म एरिथ्रोसिन सेवन गरिरहँदा थाइराइड, क्यान्सर जस्ता रोग निम्तिन सक्छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro