गीतकार रेग्मीको शव्दमा आनि छोइड्गको स्वरको गीत सार्वजनिक

Ghorahi cement

 

काठमाडौं।गीतकार तथा प्रशासनविद डा। दामोदर रेग्मीको जिन्दगीको पाठशालाले धेरै पढायो, कहिले हंसायो कहिले रुवायो बोल रहेको शव्दको गीतको अडियो सार्वजनिक भएको छ ।

 

उक्त गीतको संगीतकार कीर्ति न्यौपाने र स्वर आनि छोइड्ग डोल्माको रहेको छ ।यो गीत एउटा जीवन को भोगाई र सकारात्मक सोच सँग जोडिएको एउटा निकै मिठो गीत रहेको छ । यसमा गीतकारले शव्दको अति राम्रो संग चयन गर्नु भएको छ। गीतकार डा। दामोदर रेग्मी आफैमा कुशल प्रशासनविद र राम्रा गीतहरुका रचनाकार हुनुहुन्छ उहांको गीतमा संगीतत भर्न पाउंदा ज्यादै खुशी लागेको र आनि छोइड्ग डोल्माको स्वर समावेश गर्न पाउंदा हर्षविभोर भएको कुरा संगीतकार कीर्ति न्यौपानेले बताए । गायिका आनि छोइड्ग डोल्माले यो गीतका शव्दहरु अति मर्मस्पर्सी र यथार्थपरक रहेका र मेलोडी अति सुन्दर रहेको छ गीतकार डा. दामोदर रेग्मी र संगीतकार कीर्ति न्यौपाने संगको यो सहकार्य मेरो यस अघिको गीत फुलको आंखामा फुलै संसार जस्तै लोबकप्रिय बन्ने कुरामा आशावादी रहेको कुरा बताइन । गीतकार डा। दामोदर रेग्मीले नव वर्षको अवसर पारेर एउटा सुन्दर संयोजन सहितको सकारात्मक सोच रहेको गीतमा संगीतकार कीर्ति न्यौपाने र आनि छोइड्ग डोल्मा संग सहकार्य भएको गीत ल्याउन पाउंदा खुशी लागेको वताए ।

 

ए वन म्युजिशियन मिक्सिड्ग माष्टरिड्ग किशोर थापाले मिक्सिड्गको क्रममा मैले यो गीत सयौ पटक सुने। मिक्सिड्ग गर्दा मिक्सिड्गो काम सकिएपनि यो गीत सुनिरहन मन लाग्यो मैले मिक्सिड्ग र माष्टरिड्ग गरेका गीतहरुमा जिन्दगीको पाठशालाले धेरै पढायो, कहिले हंसायो कहिले रुवायो बोल रहेको शव्द रहेको यो गीत अव्वल गीतहरु मध्येमा पर्ने बताए ।

 

गीतकार डा। दामोदर रेग्मीको शव्दमा आनन्द कार्की, मुरलीधर, समीक्षा अधिकारी, प्रताप दास, सुरेश लामा, अनु चौधरी, दीपा लामा जस्ता गायक गायिकाको स्वरमा चर्चित गीतहरु आइसकेका छन् र ती गीतहरुमा किरण कडेल, डि वि लामा, मुरलीधर आदि संगीतकारहरुको संगीत रहेको छ।

Shangri-la Development Bank Ltd.
Nepali patro