महानगरका कर्मचारी सामान ओसार्न व्यस्त

Ghorahi cement

काठमाडौं। काठमाडौं महानगरपालिकाले सेवा प्रवाहमा समस्या नपर्नेगरी कार्यालय स्थानान्तरण गर्ने बताए पनि कार्यालय स्थानान्तरण गर्न थालेदेखि नै सेवा प्रवाहमा समस्या देखिएको छ ।

 

करिब एक महिना अघिदेखि सुन्धारास्थित जेडीए भवनबाट काठमाडौं प्लाजामा कार्यालय स्थानान्तरण गर्नमै अधिकांश कर्मचारी ब्यस्त भएपछि सेवा प्रवाहमा समस्या देखिएको हो । कार्यालयको सामान सार्न हतारिएका कर्मचारी दिनभर कागजात पोका पार्दै काठमाडौं प्लाजा आउन थालेका छन् ।

 

‘के गर्ने रु कार्यालय सार्नै प¥यो, न यता ढुक्क बसेर काम गर्न पाएका छौं, न त काठमाडौं प्लाजामा कार्यालय व्यवस्थित गर्न सकेका छौं’–कामपाका एक कर्मचारीले नेपाल समाचारपत्रसँग भने । आइतबारबाट सेवा शुरू गरिएको भनिए तापनि काठमाडौं प्लाजा अझै भद्रगोल छ । लिफ्टमा ताला लगाइएको छ, बत्ती, पानी र इन्टरनेटको राम्रो व्यवस्था हुन सकेको छैन ।

 

सबै सामान यत्रतत्र थुपारिएको छ । सम्झौता अध्ययन नै नगरी काठमाडौं प्लाजा भाडामा लिएपछि समस्या भएको छ । एक कर्मचारीले भन्छन्– ‘आजबाट जेठ महिना शुरू भएको छ । जेठ ९ गते भाडा तिर्नुपर्ने हुन्छ तर मासिक ६० लाख ५० हजार रुपियाँमा भाडामा लिएको सो भवनको पूर्ण रूपमा तयार हुन अझै दुई महिना लाग्ने अवस्था छ ।’

 

कामपाका प्रवक्ता नवीन मानन्धरले असारसम्म सबै विभाग, महाशाखा, योजना, आयोजना र इकाइ कार्यालय स्थानान्तरण भइसक्ने दाबी गर्दै भने– ‘सुरुवाती चरणमा छौं, केही समस्या भएको होला, अबको एक महिनामा महानगरको सबै सेवा काठमाडौं प्लाजाबाट गर्नेगरी तयारी थालेका छौं ।’ बिग्रिएको लिफ्ट पहिलो पक्ष अर्थात् नेपाल ट्रस्टले बनाउने सम्झौतामा उल्लेख भएको जिकिर गर्दै उहाँले जेठ महिनाभित्र लिफ्ट बनिसक्ने र त्यसपछि कुनै समस्या नहुने दाबी गरे।

 

काठमाडौं प्लाजाको लथालिङ्ग भवन २०७९ साल चैत ८ गतेबाट लागु हुनेगरी कामपाले १० वर्षका लागि भाडामा लिएको थियो । भवन बाहिरबाट हेर्दा भव्य भए पनि भित्र भताभुङ्ग रहेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

Nepali patro