अवैध लागूऔषधसहित पक्राउ

Ghorahi cement

काठमाडौं।  कास्की, पोखरा महानगरपालिका-१३ गौडाकोमुख बस्ने २३ वर्षीय शिशिर कुँवरलाई अवैध लागूऔषध गाँजा करिब ६ सय ६४ ग्रामसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा बोराभित्र लुकाई छिपाई राखेको उक्त गाँजासहित फेला पारी पक्राउ गरको हो । 

 

तनहुँ, आँबुखैरेनी गाउँपालिका-१ बरादीबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ६५ ट्याब्लेटसहित बारा जितपुर सिमरा उपमहानगरपालिका-७ बस्ने २२ वर्षीय अमदज मियालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय आबुखैरेनीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

 

धादिङ, गजुरी गाउँपालिका-१ गजुरीबजारबाट अवैध लागूऔषध गाँजा करिब १४ किलोसहित ३ जनालाई बुधबार बिहान प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-६ गेदेबिसौना बस्ने ३२ वर्षीय रवि भण्डारी, १९ वर्षीय प्रेम अधिकारी र १८ वर्षीय किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले बा. प्र ०३-००१ ख १९६४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेकोछ । 

Nepali patro