सन्दीपले सफाइ पाएपछि ओमनका खेलाडीले भने- कठिन समय कहिल्यै टिक्दैन

वि.सं.२०८१ जेठ २ बुधवार
1.7K
shares
shares

काठमाडौं । नेपाली क्रिकेट टीमका पुर्वकप्तान सन्दीप लामिछानेले सफाइ पाएपछि ओमनका खेलाडी आकिब इलियासले कठिन समय कहिल्यै नटिक्ने बताएका छन् । उनले सामाजिक सन्जालमा सन्दीपसँगको फोटो राख्दै कठिन समय कहिल्यै नटिक्ने बताए ।
‘कठिन समय कहिल्यै टिक्दैन, तर मानिसहरु… तपाईं र नेपाली राष्ट्रको लागि शुभ दिन… आगामी अध्यायहरूको लागि शुभकामना…,’ उनले लेखेका छन् ।
सन्दीपले बुधबार बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएका हुन् ।