‘जो हेरे लाग्छ त्यही राम्री’ गीत सार्वजनिक

 

काठमाडौं । जो हेरे लाग्छ त्यही राम्री बोलको तामाङ सेलो गीत सार्वजनिक भएको छ ।

 

शनिबार काठमाडौंमा एक कार्यक्रमकाबीच समाजसेवी धर्म बिरु लामाको तामाङ सेलो गीत सार्वजनिक गरीएको हो ।

 

 

लामाको शब्दसँगै चर्चित गायक विश्व दोङको स्वरमा सजिएको गीतको संगीत तथा एरेन्ज भने वरिष्ठ संगितकार रुविन जोएले गरेका छन् । भिडियोमा चर्चित नृत्य निर्देशक सुरेश पाण्डेको निर्देशन रहेको छ भने सम्पादन तथा कलर सौखिन तिमल्सिनाले गरेका छन् ।

 

उक्त गीतको भिडियोमा प्रमुख भुमिकामा पर्वत विश्वकर्मा र माया रानालाई देख्न सकिन्छ । त्यस्तै अन्य कलाकारहरुमा मुना राई, मार्फिना गुरुङ, रेनुका राई, सुनिता लिम्बूलगायतको अभिनय रहेको छ ।

 

काठमाडौं र धादिङको सिमानामा छायाँकन गरिएको उक्त गीतमा विभिन्न जात–जातिका भेषभुषा तथा पहिचानलाई झल्काउन खोजीएको छ । सबैको मनमुटुमा बस्न सफल लोकप्रिय गायक विश्व दोङ र उत्कृष्ट गीतकार धर्म बिरु लामाको सहकार्यमा सृजित तामाङ सेलो गीत भिरु प्रडक्सन हाउस युट्युव च्यानलमा सार्वजनिक भएको छ ।

 

नेपालमा मात्र नभएर विदेशमा समेत चर्चा कमाइ सकेका गीतकार लामाले यसअघि पनि आफ्ना थुप्रै चर्चित गीतहरु बजारमा ल्याईसकेका छन् । जस्तै, राष्ट्रिय गीत हाम्रो देश नेपाल, उकाली ओराली भन्ज्याङमा, जिन्दगीमा घाँमछायाँ, साथै हिन्दी गीत मेरी यादो मे, समेत लेखिसकेका छन् ।

 

उनका गीतहरु नेपालका चर्चित गायक राजेशपायल राई, यम बराल, उदय सोताङ, रामकृष्ण ढकाललगायतका वरिष्ठ गायकहरुले गाईसकेका छन् । मुख्य कलकारका रुपमा रहेका पर्वत विश्वकर्माले पनि यस अघि धेरै म्यूजिक भिडियोमा आफ्नो भूमिका निभाई सकेकाछन् । उनले अघि अभिनय गरेको म्यूजिक भिडियोसमेत निकै लोकप्रिय रहेको थियो ।

 

 

Shangri-la Development Bank Ltd.
Nepali patro