श्रीमद्भागवत गीताले देखाएको कर्मयोगको सन्देश

श्रीमद्भागवत गीता हिन्दू धर्मको एक उत्कृष्ट एवं पवित्रतम वाङमय हो । यो ऐतिहासिक वाङमय महाभारतको भीष्म पर्वबाट लिएको हो । यसमा १८ अध्याय रहेका छन् । भगवतगीता आज भन्दा लगभग ५००० हजार वर्ष पहिला अर्थात कलियुगको आरम्भमा कुरुक्षेत्र नामको युद्ध भूमिमा कृष्णले गीताको उपदेश अर्जुनलाई दिएका थिए । यसमा १८ अध्याय र ७०० पद्यात्मक संस्कृत श्लोकहरु रहेका छन् । यसमा अनुष्टुप छन्दको अधिक प्रयोग भएको पाइन्छ । स्तुति आदि पद्यमा अन्य छन्दको पनि प्रयोग गरिएको छ ।यसको प्रथम अध्यायमा अर्जुनले खेद व्यक्त गरेको हुनाले अर्जुन विषादयोग अध्याय भनिएको छ । यस्तै प्रकारले अर्जुन र कृष्णको संवाद अनुसार अन्य अध्यायको पनि नाम राखिएको छ ।श्रीमद्भागवत गीता एकेश्वरवाद, कर्म योग, ज्ञानयोग, भक्ति योगको उत्कृष्ट सङ्कम हो । भगवान श्रीकृष्णले अर्जुनलाई बताएका दिव्य सन्देशहरु श्रीमद्भागवत गीतामा रहेका छन् ।श्रीमद्भागवत गीता हिन्दु धर्मावलम्बीहरूको पवित्र धार्मिक ग्रन्थ हो। भागवत गीता ब्रह्माविद्याको एक स्वरुप हो।

 

कर्मयोग, भक्तियोग र ज्ञानयोगलाइ श्रीमद्भागवत गीताको दार्शनिक दृष्टिकोण मानिन्छ। अठार अध्यायमा विभक्त भागवत गीतामा प्रत्येक अध्यायमा साधकले गर्ने कर्म तथा त्यसको फलकाबारेमा अति उत्कृष्ट ढङ्कले बताइएको छ। प्रथमदेखि छैटौँ अध्यायसम्म कर्मयोग, सातौँदेखि बाह्रौँसम्म भक्तियोग र तेह्रौँदेखि अठारौँ अध्यायसम्म ज्ञानयोग गरेर गीतामा तीन योग विभाजन गरिएको छ। भागवत गीतामा चित्तवृत्ति निरोध अवस्थामा प्राप्तिका लागि पहिले के कस्तो अवस्थामा भोग गर्नुपर्ने हुन्छ र पछि के कस्ता फल प्राप्त हुन्छन् भन्ने कुरालाई दृष्टान्तसहित बताइएको छ। गीता अध्ययन गरी साधकले क्रियाको श्रद्धा र भक्तिपूर्वक जति–जति आप्mनो साधनामा उन्नति गर्दै जान्छ, त्यति नै गीताको सबै कुराको निजबोधबाट नै स्पस्ट ज्ञान हुँदै जान्छ। विश्व रूपमा परमात्माको अनन्तरुप दर्शन गरेर साधकको भक्तिको चरम विकाश स्वरुप उसलाई आत्माज्ञान लाभ हुन्छ। यसलाई भागवत गीताको भक्तियोग मानिन्छ। यसमा कर्म र ज्ञान एक आपसमा मिलेको हुन्छ।

श्रीमद्भागवत गीता हिन्दु धर्मको पवित्र तथा महाधर्ममध्ये एक हो।यो ऐतिहासिक हिन्दुग्रन्थ भिष्म पर्वबाट लिएको एक सानो ग्रन्थ हो।भागवत गीतामा श्रीकृष्णले अर्जुनलाई भन्नु भएको छ। परात्मा स्वरुप बासुदेव तिमी श्रीकृष्णका शरण पर तिमीलाई सबै पापको बन्धनबाट मुक्त गरिदिन्छु।वासुदेव संसारका सबै प्राणी आत्मा हुन्।जुन परमात्मासँग नित्य, युद्ध र अविनाशी छ।त्यसैले सबै आत्मा पनि अविनाशी छ।युद्ध र चेतना मात्र हो भनि बोध गरे सबै आफैमा छन्।आफू सबैमा छु भन्ने साक्षात्कार भएको अवस्थामा कसैका लागि कसैको शोक मोहमा फस्नु पर्दैन्।यसबाट मोक्ष प्राप्ती हुन्छ र यसका लागि शोक, लालसा,त्याग गरि भावनासँग मुक्त हुने भोग,योग,लालसा गरेमा अनित्य भोगबाट आशक्ति छुट्न गई भगवना भक्तिपूर्वक युक्त हुन्छ। भगवना अर्जुनको माध्यमबाट सबै साधकलाई दिनु भएको सन्देश पनि य िहो।जहाँ मात्रास्पर्श (प्राकृतिक अनित्य वस्तुमा ) आशक्ति छुटेर परमानन्दको प्राप्ति हुन्छ।
जो पुरुष एकनाश बसेर चित्तलाई स्थिर गरेर कुनै पनि कुराको चिन्ता नगरि परब्रह्मालिन हुन्छ। उसका लागि धर्माधर्म,शुभाशुभ केहि नभई साक्षात्कार इश्वर मोक्ष तथा सत्यज्ञानको प्राप्ति हुन्छ । मानिसले सुखको असिम चाहना राख्द। तत्वदर्शी योगीहरुले जगतमा जति पदार्थ छन् तिनमा मन लगाउँदा जो तृप्ति र सुख मिल्दछ त्यो क्षणिक परिमाणी र अनित्य छ भन्ने कुरा देखाउँदछ। त्यसैले यी सबैबाट सुख पाउने अभिलासा छ । तर जो यी सबै जगतका पदार्थजन्य सृष्टि र नाराका कारण रुपमा छ त्यसमा नविन रुपमा आनान्दाभुती हुन्।त्यसलाई अनन्त र नित्य हुँदा उपदेयिता मुलुक मानिन्छ। त्यसैले योगीहरु आप्mनो शरिर भित्र नै त्यस अद्धितीय सर्वशक्ति कारणमा मन संयोग गर्ने अभ्यास गर्दछन्।त्यस सर्वशक्ति स्वरुप अद्धितीय तत्व नै परमात्मा हो।

 

श्रीमद्भागवत गीता जीवन र जगत नियाल्ने अमूल्य रत्न हो । जसले मानवलाई उत्कृष्ट सन्देश प्रवाह गर्दै भनेको छ ,मोह या सुख शान्तिको अधीनमा नपर्नु ,शरीर नाशवान, आत्मा अविनाशी सम्झेर कर्तव्य पालना गर्नु ,निष्काममा भावले परहिताय गरी कर्तव्य पालना गर्नु ,तत्त्व ज्ञानको अनुभव गरी निःस्वार्थ भावले कर्म गर्नु ,सधैँ ् सुखदुःखमा समान भाव हुनु ,अन्तस्करणमा समता राख्नु ,सबै कुरा भगवान् नै हो भनी स्वीकार्नु, सबैमा ब्रह्मभाव हुनु ,सधैँ भगवानको स्मरण गर्दै आप्mनो कर्तव्यको पालना गर्नु ,सबै मानिस भगवत प्राप्तिका अधिकारी हुन् भनी सम्झनु ,विलक्षण, विशेषता, सुन्दरता, महता, विद्वता बलबता आदि भगवानको नै अंश मानी भगवानको चिन्तन गर्नु ,यो चराचर जगत् भगवानको नै स्वरूप मानेर विराट रूप भगवानको दर्शन गर्नु अर्थात् जगत् नै भगवान्, भगवान् नै जगत् हो भन्नु ,शरीर, इन्द्रीय, मन, बुद्धिले आफूलाई भगवानमा अर्पण गर्नु ,संसारमा एक परमात्मा तत्त्व नै जान्न योग्य वस्तु हो भनी जान्नु ,सत्व, रज, तम यी तीनै गुणबाट अतीत भई अनन्य भक्ति गर्नु ।एक परमात्मा मानेर अनन्य भक्तिभावले उनको भजन गर्नु ,जन्म, मरणको चक्रबाट छुट्न दुर्गन दुराचारको त्याग गर्नु ,जुनसुकै शुभ कर्म गरे पनि भगवानको नाम स्मरण, उच्चारण गर्दै आरम्भ गर्नु ,भगवत शरणागती हुनु र भावले भगवानको शरणमा पर्नु ।
श्रीमद्भागवत गीताले मनव जातीलाई उत्कृष्ट सन्देश प्रवाह गर्दै जीवन जिउन सहज बनाएको छ । किन व्यर्थ चिन्ता गर्छौ? कोदेखि व्यर्थै डराउदछौ? तिमीलाई कसले मार्छ? आत्मा न जन्म लिन्छ न मर्छ।जे भयो, त्यो राम्रो भयो। जे हुँदैछ, त्यो राम्रै हुँदैछ। जे हुनेछ, त्यो पनि राम्रै हुनेछ। तिमी भूतकालको पश्चताप नगर, भविष्यको पनि चिन्ता नगर , वर्तमान चलिरहेको छ ,तिम्रो के गएको छ र तिमी रुन्छौ? तिमीले के लिएर आएका थियौ र तिमीले के हरायौ? तिमीले के पैदा गरेका थियौ र नाश भयो? तिमीले केही लिएर आएका थिएनौ। जे पायौ, यहीँबाट पायौ। जति दियौ, यहीं नै दियौ। खालि हात आएका थियौ, खालि हात नै गयौ, जे आज तिम्रो छ, त्यो हिजो अरु कसैको थियो, भोलि अरु कसैको हुनेछ। तिमी यसलाई आप्mनो सम्झेर मग्न भैरहेका छौ। यहीं खुसी नै तिम्रो दुःखको मूल कारण हो।परिवर्तन संसारको नियम हो। जसलाई तिमी मृत्यु सम्झन्छौ, त्यही जीवन हो। एक क्षणमै तिमी करोडपति बन्दछौ, दोश्रो क्षणमा तिमी दरिद्र बन्दछौ। मेरो, तिम्रो, सानो, ठूलो, आप्mनो, अर्काको भन्ने मनबाट हटाइदेऊ, अनि सबै तिम्रो हो, तिमी सबैका हौ। तिमी आफू आफै भगवानमा अर्पित हौ। यही नै सबभन्दा ठूलो सहारा हो। जसले ईश्वरको सहारालाई जान्दछ, त्यो डर, चिन्ता, शोकबाट सधैंका लागि मुक्त हुन्छ भन्ने दिव्य सन्देशहरु गीताले सिकाएको छ ।

मान्छे जन्मिन्छ केहि समय यहि रहन्छ र मर्छ। त्यसैले तिमी आसक्ती रहित भएर कर्म गर जसले गर्दा तिमी बन्धन बाट मुक्त हुनेछौ। तिमीले जे गर्दछौ, त्यो भगवानलाई अर्पण गर्दै जाऊ। यसो गर्नाले तिमीले सधैंभरि जीवन मुक्त भएको आनन्द अनुभव गर्नेछौ।मनलाई बसमा राख्न सकिएन भने यसले स्वयं विरुद्ध शत्रुको व्यवहार गर्दछ ।मनुष्य आप्mनो विस्वासद्वारा निर्माण हुन्छ । ऊ जस्तो विस्वास गर्दछ, उस्तै बन्दछ ।संसारमा आएपछि कोही कसैले पनि वmुनै न वmुनै कर्म नगरी बस्न सक्दैन । जीवन धान्नकै लागि पनि कर्म गर्नुपर्ने हुन्छ । यो प्रवृmतिको नियम नै हो । त्यसैले गीताले कर्मनिष्ठ जीवन बिताऊ भनेको छ । तर कर्म गर्ने सिलसिलामा हामीले कर्मको नियमको हेक्का राख्नुपर्छ । कर्मको नियम धेरै सरल छ । यसले भनेको छ, हामी जे रोप्छौं, त्यसैको बाली काट्छौं । अर्थात् प्रत्येक कारणको त्यस्तै परिणाम हुन्छ भने प्रत्येक परिणामसित त्यस्तै खाले कारण जोडिएको हुन्छ । हामी जे सोच्दछौं वा गर्दछौं, त्यो नै हाम्रो कर्म हो । त्यसैको परिणाम हामीले ढीलो–चाँडो भोग्छौं पनि । अरूको हित चिताउने, अरूलाई प्रेम गर्ने सबैको प्यारो हुन्छ भने अरूको खेदो खन्नेले आफैं खस्नाका लागि खाडल खन्दै गर्छ । वmुरा यतिमात्रै हो कि कतिपय अवस्थामा कारणले परिणाम देखाउनको लागि केही समय लिन सक्छ, र समयको अन्तरालले गर्दा हामी कारण र परिणामबीचको तारतम्य बुझन सकिराखेका हुँदैनौं ।

गीताले देखाएको कर्मयोगको सन्देश हो— हामीले राम्रो गर्नु राम्रो हो भन्ने भाव लिई सक्दो राम्रो गर्नाका लागि इमान्दारिताका साथ कर्म नै पूजा हो भन्ने भावले, लगनशील भई स्वधर्म पालन गर्दै रहनुपर्छ । जे जस्तो फल मिल्दछ त्यो मेरै कर्मको फल हो भनी सहर्ष स्वीकार गरे जीवनको प्रत्येक पाइलामा सन्तुष्टि, शान्ति र आनन्दको अनुभूति मिल्नेछ । जीवन एउटा रमणीय उत्सव हुनेछ ।मानिसले भोग्ने सुख वा दुःख भनेको उसको आफ्नै कर्मको फल हो । जसरी हामीले विगतमा जे–जस्ता कर्म गर्दै आयौं त्यसैको फलको रूपमा अहिले सुख–दुःख भोग्दैछौं, त्यसरी नै अहिले हामी जे गर्दैछौं त्यसैको राम्रो–नराम्रो फल भविष्यमा भोग्नुपर्ने हुन्छ । हामी जे सोच्दछौं र जे गर्दछौं, त्यसैले हाम्रो भाग्य निर्माण गर्दछ । असल कर्म गर्नेको वर्तमान बेला बखत सुविधाको हिसाबले सम्पन्न नदेखिए तापनि सुखी र शान्त बन्छ नै । त्यसको भविष्य भने धेरै आनन्दमय हुनेछ । सबै कर्मको फल हुन्छ, फल नदिने कुनै कर्म हुँदैन।

जब जब धर्मको हानि हुन्छ, अधर्मको वृद्धि हुन्छ त्यस बेलामा मैले आफुलाई प्रकट गरेको हुन्छु ।जसको हृदय पवित्र छ उनीहरू धन्य छन् । किनभने उनीहरूले ईश्वरको ज्ञान प्राप्त गर्छन् ।जसरी उदाउंदो सूर्यले रात्रिको अन्धकारलाई नाश गरी दिन्छ त्यसै गरी आत्माको ज्ञानले समस्त भ्रम निवारण हुनजान्छन् ।जसरी जीवात्माले यस शरीरमा कौमार्य, र्यौवन, र वार्धक्य प्राप्त गर्छ, त्यसै गरी उसले आफ्ना अन्य शरीर पनि प्राप्त गर्छ । यस विषयमा ज्ञानी मोहित हुंदैन ।जुन कार्य मेरो सेवाको रूपमा गरिन्छ, अनि त्यो पवित्र र पुनीत बन्न जान्छ ।विषयको चिन्तन गर्ने मानिसको तत्तत विषयमा आसक्ति हुन जान्छ । आसक्तिले कामना उत्पन्न हुन्छ, कामनाले क्रोध उत्पनन हुन्छ, क्रोधले अविवेक उत्पन्न हुनजान्छ । अविवेकले स्मृति भ्रम र स्मृतिभ्रमले बुद्धिनाश अनि बुद्धिनाशले मानिस पतन हुनजान्छ ।तर आत्म संयमवान मानिस रागद्वेषरहित भएर आफ्ना वशमा गरिएका इन्द्रियहरुद्वारा विषय भोग गर्दै अन्तःकरणको प्रसन्नतालाई प्राप्त गर्छ ।

 

अर्जुनले महाभारत लड्दिन भनेर अज्ञानी भएका बेला श्रीकृष्णजीले राम्रो ज्ञान प्राप्तिका लागि गीताको ज्ञान भनेको सुनाएको हो । तै पनि अर्जुनलाई चित्त नबुझेकोले भगवान् श्रीकृष्णजीले अर्जुनलाई विश्वरूप दर्शन दिएर प्रस्ट पारी ज्ञान प्राप्ति गरिदिएको हो । अर्जुनलाई महाभारतलाई लड्न तयार गरिदिएको हो । यसरी निष्कामना अर्जुनमा उत्पत्ति गराइदिएको हो ।यो सबै ज्ञानलाई गीतामा भगवानले १८ अध्यायमा मनन चिन्तन गराएका हुन् ।

 

गीताको पहिलो अध्याय अर्जुन– विषाद योग रहेको छ। यसमा ४६ श्लोकद्वारा अर्जुनको मनस्थितिको वर्णन गरिएको छ । यसमा भनिएको छ कि कसरी अर्जुन आफन्तसँग युद्ध गर्न डराउँछन् र उनलाई भगवान श्रीकृष्णले कसरी सम्झाउनु हुन्छ। दोस्रो अध्याय ‘सांख्य योग‘मा कुल ७२ श्लोक छन् । यसमा श्रीकृष्णले अर्जुनलाई कर्मयोग, ज्ञानयोग, संख्यायोग, वृद्धियोग र आत्मको ज्ञान दिनुहुन्छ। यो अध्याय वास्तवमा पूरा गीताको सारांश हो। यसलाई महत्त्वपुर्ण भाग मानिन्छ। तेस्रो अध्याय कर्मयोग हो। यसमा ४३ श्लोक छन् । यसमा श्रीकृष्णले अर्जुनलाई सम्झाउनु हुन्छ कि परिणामको चिन्ता नगरी हामीले आप्mनो कर्म गर्नुपर्छ ।ज्ञान कर्म सन्यास योग गीताको चौथो अध्याय हो। जसमा ४२ श्लोक छन् । यसमा श्रीकृष्णले अर्जुनलाई धर्मपरायणको संरक्षण र अधर्मीको विनाशका लागि गुरुको अत्याधिक महत्त्व बताउनुहुन्छ।कर्म सन्यास योग गीताको पाँचौँ अध्याय हो, जसमा २९ श्लोक छन् । यसमा अर्जुनले श्रीकृष्णसँग सोध्नु हुन्छ कि कर्मयोग र ज्ञानयोगमध्ये कुन चाहिँ उत्तम छ ? तब श्रीकृष्णजीले भन्नुहुन्छ– दुवैको लक्ष्य एकै हो । तर, कर्मयोग अभिनयका लागि उत्कृष्ट हुन्छ ।

 

आत्मसंयम योग गीताको छैटौं अध्याय हो, जसमा ४७ श्लोक छन् । यसमा श्रीकृष्णले अर्जुनलाई अष्टांग योगकाबारेमा बताउनुभएको छ । उहाँले बताउनु भएको छ कि कुन प्रकार मनमा भएको द्विविधा हटाएर महारथ प्राप्त गर्न सकिन्छ।
ज्ञानविज्ञान योग गीताको सातौं अध्याय हो, जसमा ३० श्लोक छन् । यसमा श्रीकृष्ण निरपेक्ष वास्तविकता र त्यसको भ्रामक ऊर्जा ‘माया’काबारेमा अर्जुनलाई बताउनुहुन्छ।गीताको आठौं अध्याय अक्षरब्रम्हायोग हो, जसमा २८ श्लोक छन् । गीताको यो अध्यायमा स्वर्ग र नर्कको सिद्धान्त सामेल गरिएको छ। यसमा मृत्युअघि व्यक्तिको सोच, अध्यात्मिक संसार तथा नर्क र स्वर्ग जाने राय बताएको छ।राजविद्याराजगृहा योग गीताको नवौं अध्याय हो, जसमा ३४ श्लोक छन् । यसमा श्रीकृष्णले आन्तरिक ऊर्जाले सृष्टिलाई व्याप्त बनाउँछ, त्यसको सिर्जना गर्छ र पूरा ब्रह्माण्ड नष्ट गर्छ भन्ने बताएको छ।विभुती योग गीताको दशौं अध्याय हो, जसमा ४२ श्लोक छन् । यसमा श्रीकृष्णले अर्जुलाई भन्नुहुन्छ कि, कसरी सबै तत्त्व र आध्यात्मिक अस्थितत्त्वको अन्त्यको कारण बन्छ।विश्वरुप दर्शन योग गीताको एघारौं अध्याय हो, जसमा ५५ श्लोक छन् । यस अध्यायमा अर्जुनको निवेदनमा कृष्णले आप्mनो विश्वरुप धारणा गर्दछ।भक्तियोग गीताको बाह्रौं अध्याय हो, जसमा २० श्लोक छन् । यसका साथै उनले भक्तियोगको वर्णन अर्जुनलाई सुनाउनुहुन्छ।क्षेत्रक्षत्रज्ञ विभाग योग तेह्रौं अध्याय हो, यसमा ३५ श्लोक छन् । यसमा श्रीकृष्णले अर्जुनलाई क्षेत्रक्षत्रज्ञको ज्ञानकाबारेमा तथा सत्त्व,रज र तम् गुणद्वारा राम्रो योनिमा जन्म लिने उपाय सिकाउनु भएको छ।गीताको चौधौं अध्याय गुणत्रय विभाग योग हो, यसमा २७ श्लोक छन् । यसमा कृष्णले सत्त्व,रज र तम् गुण तथा मनुष्यको उत्तम, मध्यम र अन्त्य गतिको विस्तारपूर्वक वर्णन गर्नुहुन्छ । अन्त्यमा यी गुण पाउने उपाय र यसको फल पनि बताउनुहुन्छ ।गीताको पन्ध्रौं अध्याय पुरुषोत्तम योग हो, यसमा २० श्लोक छन् । यसमा भगवान श्रीकृष्णजी भन्नुहुन्छ कि दैवी प्रकृतिवाला ज्ञानी पुरुष सर्व प्रकारबाट मेरो भजन गर्छ तथा आसुरी प्रकृतिवाला अज्ञानी पुरुष मेरो उपहास गर्छ ।दैवासरसंपद्विभाग योग गीताको सोह्रौं अध्याय हो, जसमा २४ श्लोक छन् । यसमा श्रीकृष्ण स्वाभाविक रीतिले दैवी प्रकृतिवाला ज्ञानी पुरुष तथा आसुरी प्रकृतिवाला अज्ञानी पुरुषको लक्षणकाबारेमा बताउनुहुन्छ।श्रद्धात्रयविभाग योग गीताको सत्रौं अध्याय हो, यसमा २८ श्लोक छन् । यसमा श्रीकृष्णले अर्जुनलाई भन्नु भएको छ कि शास्त्र विधिको ज्ञान नभएको कारणले शास्त्र विधि छाड्नुमा यज्ञ, पूजा आदि शुभकार्य त श्रद्धापूर्वक गर्छन्, त्यसको स्थिति के हुन्छ ।मोक्ष– सन्यास योग गीताको अठारौं अध्याय हो, यसमा ७८ श्लोक छन् । यश अध्याय पछिल्लो सबै अध्यायको सारांश हो। यसमा अर्जुनले श्रीकृष्णसँग न्यास अर्थात् ज्ञानयोग र त्याग अर्थात् फलासक्रिरहित कर्मयोगको तत्त्व जान्ने इच्छा प्रकट गर्नुहुन्छ।
कर्मयोग, भक्तियोग तथा ज्ञानका विभिन्न अवस्थाहरूलाई सार्वजनिक प्रशासकहरुले आत्मिकरण गर्नु पर्दछ ।मानव जातीले भौतिक सुखको धेरै चहाना गर्दछ। तत्वदर्शी योगीहरूले जगतमा पदार्थहरू छन्, तिनमा मन लगाउँदा जो तृप्ति र सुख मिल्दछ, त्यो क्षणिक र परिमणि र अनित्य छ भन्ने देखिन्छ। सबै कुराबाट सुख पाउने अभिलाषा हुन्छ । तर, यी सबै संसारका पदार्थजन्य सृष्टि र नाशका कारण रूपमा छ। यसमा मनलाई संयुक्त गर्दा जुन सुख वा आनन्दको उदय हुन्छ, त्यो नाश हुँदैन र नित्य नविन रूपमा आनन्दको उदय हुन्छ । अनन्त र नित्य हुँदा उपादेयतामुलक मानिन्छ।

कर्म गर्ने तर फलको आशा नगर्ने सोचले हामीहरु आप्mनो कर्मभूमिमा अगाडि बढ्नु पर्दछ। हामीले गर्ने प्रत्येक कार्यको साक्षी दृष्टा भगवान हुनुहुन्छ । त्यसैले असल काम गर लाभको लालसा र मोहमा नलाग, अनात्मरुपी भगवान प्राप्त गर्नका लागि आत्मारुपी देह त्याग र मोक्षको प्राप्ति सम्भव छ भन्ने कुरा भागवत गीताको दिव्य सन्देशलाई हामीले हरदम आत्मसाथ गर्नु पर्दछ । त्यसैले हामीले कम गर्दा फलको लोभ गर्ने नभई असल कर्ममा जोड दिनुपर्ने कुरामा भागवत गीताको दिव्य सन्देशले जोड दिन्छ ।भागवत गीतामा बताइएको कर्मयोग, भक्तियोग र ज्ञानयोगका सारगत कुराहरूलाई जीवनको उत्कृष्ट सन्देश मानी ग्रहण गर्नु पर्दछ ।

भागवत गीताको दिव्य ज्ञानले असल आचरणको विकास गर्ने, सदाचार पालनामा सहयोग गर्ने , आप्mनो मनलाई नियन्त्रणमा राखेर काम गर्ने, तर फलको आशा नगर्ने,मान्यजनको सेवा तथा आदर सत्कार गर्ने,जस्तोसुकै कठिन परिस्थितिमा पनि संयमित भई कर्म गर्ने,आप्mनो कर्ममा विश्वास गर्ने,ज्ञानयोगको माध्यमबाट समाजमा अब्बल रूपमा ज्ञानी बनेर अरुलाई बाटो देखाउने कार्यमा सक्रिय हुने,सांसारिक मोहबाट टाढा रहने र कुनै कुरा पाउन नसकेको खण्डमा पश्चाताप नगर्ने आदि।

 

भागवत गीताको दिव्य ज्ञानले सदाचार र नैतिक संस्कृति विकास गर्न सिकाउँछ ।यसको अनुभुतिले मात्रै उत्कृष्ट जीवनको मार्ग देखाउछ । नागरिक चेतनाको स्तर, समाजको लोकतन्त्रीकरण र प्रविधिको प्रसारले पनि मानव जगतलाई आध्यात्मिक , नैतिक, व्यावसायिक र सदाचारी बनाउन बल पुरणउँछ ।मानव जाती बीचमा विश्वास अभिवृद्धि गर्नमा भागवत गीताको दिव्य ज्ञान, अध्यात्मिकता,नैतिकता, आचरण र सदाचारले महत्वपुर्ण भुमिका खेल्दछ । भागवत गीताको दिव्य ज्ञान, अध्यात्मिकता,नैतिकता, आचरण र सदाचारले मानव जगतमा अमूल्य रत्नकोे काम गर्दछ ।सरकारी सेवा सुविधा र विकास निर्माण कार्यलाई प्रभावकारी बनाउँदै सुशासन कायम गरी जनविश्वास अभिबृद्धि गर्नमा भागवत गीताको दिव्य ज्ञान,अध्यात्मिकता,नैतिकता, आचरण र सदाचारको महत्वपुर्ण भुमिका रहेको हुन्छ ।
मानव हृदयमा अन्तरनिहित सद्भाव र सद्गुणहरूलाई आध्यात्मिक ज्ञान र चेतनाको माध्यमबाट पुनः जागृत गरी मानव जीवनलाई सुखी, शान्त र समृृद्ध तुल्याउने हो भने गीताका दिव्य सन्देशहरुलाई व्यवहारमा कुशल ढङ्कले प्रयोग गर्न सक्नु पर्दछ ।हाम्रो देशमा भएको युगान्तकारी परिवर्तन सँगसँगै आम जनतालाई परिवर्तनको अनुभूति दिलाउने गरी विद्यमान संरचना , नियम, कानुन परिवर्तन गरेका छौँ तर हाम्रा संस्कार, कार्यशैली , आचरण र व्यवहारमा रूपान्तरण गर्न नसक्दा आम जनतामा निराशा उत्पन्न भएको छ । गीताका दिव्य सन्देशहरु, अध्यात्मवादका मुल्य र मान्यताहरुलाई व्यवहारमा अवलम्वन गर्दै स्वच्छ,पारदर्शी, सदाचारयुक्त, नागरिकमैत्री, भ्रष्ट्राचारमुक्त र नैतिकवान समाजको विकास गर्नु आजको टड्कारो आवश्यकता रहेको छ ।

(उप्रेती सहकारी बिभागमा कार्यरत छन् ।)

Shangri-la Development Bank Ltd.
Nepali patro