२३ किलो चरेससहित एकजना पक्राउ

Ghorahi cement

 

काठमाडौँ । बर्दियाको सीमा इलाकाबाट सशस्त्र प्रहरी बलले २३ किलो चरेसहित एकजना युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ५ घर भएका ३४ वर्षीय बमबहादुर पुन छन्।

 

मङ्गलबार बिहान उनलाई बर्दियाको बडैयाताल गाउँपालिका वडा नं २ फुटाहा स्थित सीमा इलाकाबाट पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।सशस्त्र प्रहरी बलको बीओपी फुटाले उनको साथबाट ३९ वटा प्याकेटमा रहेको २३ किलो लागू औषध चरेस बरामद गरेको छ।उनलाई थप अनुसन्धान र कारबाहीका लागि स्थानीय प्रहरीको जिम्मा लगाएको बताइएको छ

Shangri-la Development Bank Ltd.
Nepali patro