कुरा यिनै हुन्, खुल्दै जालान् अब झन्

Ghorahi cement

 

विभिन्न सहकारीमात्रै हैन, बैंकहरूलाई पनि त्रासमा राखेर गृहमन्त्री रवि लामिछानेले कस्तो आर्थिक खेलो चलाएका रहेछन्, भन्ने कुराको भर्खरै खुलासा भएको छ ।

 

अरुको अन्ध, उग्र आलोचकले आफूमाथि आलोचना सोझिँदा आक्रामक हुने, तिल्मिलाउने र उग्र प्रतिक्रिया जनाउने गर्दछन् । यही कुरा लागु हुन्छ, रवि लामिछानेको हकमा । विचारबाट पराजित भएपछि व्यक्तिगत प्रतिशोधमा उत्रिने उनको बानी छर्लङ्ग भएको छ । आफ्नै ड्राइभर शम्भु र चितवनमै पत्रकार शालिग्राम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएकै हुन् । दोहोरो नागरिकतामा सर्वोच्चले कैफियत देखाएकै हो । त्यही कारण चितवनमा अर्को चुनाव भयो । दोहोरो पासपोर्ट बोकेकै हुन्, जुन मुद्दा महान्यायाधिवक्ताको रायका आधारमा अहिले स्थगितमात्रै भएको हो । बुटवल र पोखरामात्रै हैन, काठमाडौंको स्वर्णलक्ष्मी सहकारीमा पनि उनको संलग्नता छ । कि, त्यो हस्ताक्षर र ल्याप्चेसहितको डकुमेन्ट हैन भन्न सक्नुपर्‍यो । कम्पनी रजिष्ट्रारले कीर्ते गरेको ठहरसहित कर्मचारीलाई कारवाही गर्न सक्नुपर्‍यो । ग्यालेक्सी टिभीबाट जिबी राईसँग पसिनाको मूल्य लिएको भनेका छन् । तर, पसिनाकै मूल्य लिने पनि तरिका हुन्छ । कुन विधिबाट त्यत्तिका रकम लिए ? त्यसको कर के हुन्छ ? प्रश्न अनेक छन् ।

 

अहिले साई स्वागत सहकारी प्रकरणमा पत्नीको नाम आएपछि आर्थिक अपराधमा संलग्न हुने तर त्यसको ढाकछोप गर्न अदालतको सहारा लिने प्रवृत्ति प्रकट भएको छ । मिडियाले सही सत्य लेख्दा तिनको पनि मुख थुन्न कानुनी छिद्रता प्रयोग गरिएको छ । सार्वजनिक व्यक्तिले कहिल्यै पनि गालीबेइज्जती मुद्दा हाल्दैन । ऊ पब्लिक अथोरिटी हो, गाली सहनुपर्छ । त्यसैले राज्यशक्तिको दुरुपयोग गर्दै मुद्दामा गएको प्रष्ट छ । उनकी पत्नी सरकारी तलब खाने गरी चलचित्र विकास बोर्डको अध्यक्ष भएकी थिइन् । बुबा उद्धवको टेलिभिजन च्यानलको सिग्नल जिबीलाई बेचेकै हुन् । नारी टेलिभिजन चलाएकै हुन् । आर्थिक कारोबारमा आफैं संलग्न थिइन् । चर्चित मिडिया हाउसले विज्ञापनबापत मासिक २० हजार नपाउने बेला नारी टेलिभिजनका नाममा प्रभु बैंकका सिइओबाट एकैपटक तीन लाख रुपैयाँ लिएकी छन् । के आधारमा त्यत्तिका रकम पाइन् ? यो प्रश्न स्वाभाविक रुपमा उठ्छ नै ।

 

रविले आफ्नो फाइदाका लागि केसम्म गर्छन् भन्ने कुरा लुगाको नेपाली ब्राण्ड ‘सोनाम’ सँगको व्यवहार हेर्दा छर्लंग हुन्छ । ससुरालीको गोपीकृष्ण हल भएको चाबहिलस्थित जमिनमा एउटा परियोजनाको प्रस्ताव पेश गरी तीनवटा बैंकलाई मूर्ख बनाउँदै २० करोडभन्दा बढी रकम लिएका छन् । गोपीकृष्ण मुभिजको कर मामिला निकै बढी भएपछि उक्त कम्पनी अहिले बन्द छ । त्यही जमिनमा गोपीकृष्ण कमर्सियल कम्प्लेक्स (जिकेसीसी) सञ्चालनका नाममा प्रभु, सिद्धार्थ र कामना सेवा विकास बैंकबाट रविका सालोले ऋण लिएका छन् । त्यसमध्ये प्रभुबाट आठ करोडभन्दा बढी, सिद्धार्थबाट १७ करोडको हाराहारीमा र कामना सेवा विकास बैंकबाट पाँच करोडभन्दा बढी ऋण चलाएका छन् । ती बैंकहरूलाई ऋण प्रवाहबारे राष्ट्रबैंकले पटक पटक सोधिसक्यो ।

 

तर, झुठो जवाफ दिँदै अहिलेसम्म जोगिएका छन् । त्यसरी झुठो जवाफ दिनुको कारण हो, रविको धाक र धम्की । त्यसमध्ये कामना सेवा विकास बैंकको सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्यलाई खुशी पार्न उनकी पत्नी लिमा अधिकारीलाई रास्वपाको कोषाध्यक्ष नै बनाइएको छ । भविष्यमा मन्त्री बनाउने आश्वासन दिइएको चर्चा यसै चलेको हैन । लिमा पूर्वअर्थमन्त्री तथा एमाले नेता स्व.भरतमोहन अधिकारीकी छोरी तथा व्यापारी कृष्ण आचार्यकी बुहारी हुन् । २०७९ को निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) को तर्फबाट समानुपातिक उम्मेदवार थिइन् । चुनाव सकिएपछि रास्वपामा गइन् । जनआस्था

Shangri-la Development Bank Ltd.
Nepali patro