सुन चोरलाई प्रहरी कार्यालयमा दिसा गर्न लगाइयो,त्यस पछि…

Ghorahi cement

काठमाडौं।पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ । चोरी गर्न गएका फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका हुन् । उक्त सुन निलेको ३६ घण्टापछि दिसाबाट बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

 

 

चोर्ने क्रममा प्रहरी पुगेपछि उनले हतारमा एक तोला सुन निलेका थिए । प्रहरीले उनको साथबाट १५ हजार रुपैयाँ पनि बरामद गरेको छ । जिल्ला अस्पताल फिदिममा एक्स–रे एक्स–रे गर्दा योङ्याको पेटमा सुन देखिएपछि प्रहरीले दिसा गर्न लगाएर निकालेको उक्त धातुलाई स्थानीय सुनचाँदी पसलमा परीक्षण गरिएको थियो ।

 

 

“निलेको करिब ३६ घण्टापछि दिसाबाट उक्त सुन निकालिएको थियो”, सूचना अधिकारी सुमित कुशवाहाले भने । उक्त सुन प्रहरीले फिदिमकै सुनचाँदी पसलमा परीक्षण गराएको थियो ।

 

गत चैत २८ गते भएको उक्त घटनापछि चोरीसम्बन्धी सबै अनुसन्धान पूरा गरी जिल्ला प्रहरी कार्यालय पाँचथरले योङ्याविरुद्ध जिल्ला अदालत पाँचथरमा मुद्दा दायर गरेको थियो ।

 

जिल्ला अदालतले गत वैशाख २३ गते प्रतिवादी योङ्यालाई रु एक लाख ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । तर धरौटी रकम जम्मा गर्न नसपछि उनलाई पुर्पक्षका लागि जिल्ला कारागार पाँचथरमा थुनामा पठाइएको सूचना अधिकारी कुशवाहाले बताए ।

Nepali patro