आइएमई जनरल इन्स्योरेन्स, काठमाडौँ प्याथ ल्याब र डाग्नोस्टिक सेन्टरबीच सम्झौता

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटेड, काठमाडौँ प्याथ ल्याब र डाग्नोस्टिक सेन्टरबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ।

उक्त सम्झौता पत्रमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र काठमाडौँ प्याथ ल्याब र डाग्नोस्टिक सेन्टरका प्रमुख कार्यकारी अधिकृत पुष्प लामिछानेले हस्ताक्षर गरेका हुन्।

यस सम्झौतापश्चात आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका कर्मचारी, शेयरधनी तथा ग्राहकलाई काठमाडौँ प्याथ ल्याब र डाग्नोस्टिक सेन्टर महाराजगंज, काठमाडौँमा प्राप्त हुने सबै किसिमका सेवामा आकर्षक छुट प्राप्त हुने हुनाले आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका सम्पूर्ण कर्मचारी, लगानीकर्ता तथा ग्राहकले आवश्यकताअनुसार सेवा प्राप्त गर्न सक्ने संस्थाले जनाएको छ।

 

साथै सोही अवसरमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले काठमाडौँ प्याथ ल्याब र डाग्नोस्टिक सेन्टरसँग आबद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहक महानुभावहरूलाई आवश्यक पर्ने निर्जीवन बीमासम्बन्धी सम्पूर्ण सेवाहरू आईएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट सहज रुपमा प्राप्त गर्न सक्ने जानकारी गराएका थिए।

Shangri-la Development Bank Ltd.
Nepali patro