घण्टीका सांसदमाथि आर्थिक हिनामिनाको आरोप

Ghorahi cement

सुशासन र राजनीतिक शुद्धिकरणको नारा दिएर छोटो समयमै राष्ट्रिय शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक जना सांसदमाथि आर्थिक हिनामिनाको आरोप लागेको छ ।

गृहमन्त्रीसमेत रहेका रास्वपाका सभापति रवी लामिछानेको दाहिने हात भनेर चिनिने सांसद डा. ढाकाकुमार श्रेष्ठमाथि पोखराको एक सहकारीको झण्डै एक करोड रुपैयाँ घोटाला गरेको आरोप लागेको हो । उनले आफू अध्यक्षबाट हट्दै गर्दा नयाँ कार्यसमितिलाई हिसाब नबुझाई जिम्मेवारीबाट पन्छिएको आरोप लगाउनेहरुको दाबी छ ।

रास्वपाबाट समानुपातिक सांसद बनेका श्रेष्ठ कात्तिक ९ गतेसम्म पोखरा रत्नचोकस्थित साथी किसान सहकारी संस्थाको अध्यक्ष थिए । संस्थाको २० औं साधारण सभाले डा. सनी पाठकको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेपछि जिम्मेवारीबाट हटेका उनले आजसम्म पनि हरहिसाब नबुझाएको बताइन्छ ।

सांसद ढाकाकुमार श्रेष्ठले भने बजारबाट पैसा उठ्न मात्रै बाँकी रहेको र कुनै सदस्यले हिनामिना गरेको भए आफुलाई थाहा नहुने बताए । त्यसमा आफू जवाफदेही नहुने उनको गैरजिम्मेवारपूर्ण भनाइ छ । जनआस्था

Nepali patro