गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी

Ghorahi cement

काठमाडौं । गायक रवि ओडविरुद्ध उनकै श्रीमतीले जाहेरी दिएकी छिन् । आफूमाथि वैवाहिक बलात्कार गरेको भन्दै उनले गत २० गते जाहेरी दिएकी हुन् । कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमार्फत वडपत्नीले जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता पुष्कर पन्तले जानकारी दिए ।

 

अदालतबाट पक्राउ पुर्जीसमेत जारी भइसकेको उनले बताए । नेपाल आइडल सिजन-२ का विजेता ओडको घर कृष्णपुर नगरपालिका, गुलरिया हो । उनी अहिलेसम्म पक्राउ नपरेको प्रहरीले जनाएको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro