बुधबार सार्वजनिक बिदा

Ghorahi cement

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले बुधबार प्रदेशभर शोक बिदा दिने निर्णय गरेको छ । आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद्को बैठकले बुधबार शोक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो । मंगलबार सवारी दुर्घटनामा निधन भएका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको शोकमा सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।

 

बझाङ जाने क्रममा आज केदारस्युँ गाउँपालिकाको धारछडानजिकै भएको दुर्घटनामा मन्त्री सिंह सहित उनको श्रीमती र भाउजूको पनि ज्यान गएको छ ।

 

मन्त्री पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको बझाङको स्थानीय देउरा प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको थियो भने गम्भीर घाइते भएका मन्त्री सिंहको कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

अहिले थप दुई जनाको उपचार भइरहेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भोली शोक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको जनाकारी दिएको छ ।

Nepali patro