शेयर बजार पनि राताम्यै

वि.सं.२०७७ पुस ९ बिहीवार
1.2K
shares
shares

काठमाडौं । यो हप्ताको अन्तिम दिन विहीबार शेयर बजार २९.८३ अंकले घटेर बन्द भएको छ भने कारोबार रकम पनि ५ अर्ब ३६ करोडमा सिमित भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी(रातामान्छे) ले नेतृत्व गरेको सरकारले संसद विघटन गरेको तेस्रो दिन आज बजारमा कारोबार रकम र नेप्से दुर्बै ओरालो लागेको हो । नेकपाको विवाद सडकसम्म पुगेपछि निजी क्षेत्र त्रसित भएको संकेत शेयर बजारमा पनि देखिएको छ ।
विहीबार होटल र व्यापार समूहबाहेकका सबै नेप्से उप सूचकांकमा गिरावट देखिएको छ । निर्जीवन बीमा सूचकांकमा १४२.४९ अंकको गिरावट देखिएको छ भने जीवन विमा सूचकांकमा ४३१.८७ अंकको गिरावट देखिएको छ ।