नेप्सेमा हरियाली

1.4K
shares

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौथो दिन आज (बुधबार) हरियाली छाएको छ । आज नेप्से ४९.१७ अंकले बढेर दुई हजार ६२ दशमलब ६ विन्दुमा पुगेको छ भने ४ अर्ब ४४ करोड ६२ लाख २२ हजार ५७९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये दुई वटा समूह घटेका छन् भने १० वटा समूह बढेका छन् । आज ३ कम्पनीको शेयर अर्थात् हिमालयन डिष्टिलरी लिमिटेड, साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड र नागरिक लगानी कोषको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

civil hospital
Hams Hospitals