शेयर बजार लाग्यो ओरालो ५४.७५ अंकले घट्दा झण्डै ९ अर्बको कारोबार
वि.सं.२०७७ माघ १८ आइतवार
756
shares
shares
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो दिन आज (आइतबार) राताम्मे भएको छ । आज शेयर बजार कारोबार शुरु भएदेखि नै ओरोलो लागेको थियो ।
नेप्सेका अनुसार आज नेप्से ५४.७५ अंकले घटेर दुई हजार तीन सय ७० दशमलब ५४ विन्दुमा थामिएको छ भने आज झण्डै ९ अर्बको कारोबार भएको छ । यस्तै, आज कारोबार भएका कूल १२ उपसमूहमध्ये सबै समूह राताम्मे भएका छन् ।
नेप्सेका अनुसार आज बजार राताम्मे भए पनि तीन कम्पनीको शेयरमूल्य उच्च बृद्धि भएको छ । आज शेयर मूल्यमा उच्च बृद्धि हुनेमा प्रभु लाईफ इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ ।
वि.सं.२०७७ माघ १८ आइतवार २०:२०