काठमाडौंमा दिनप्रतिदिन बढिरहेको प्रदुषणले मानव स्वास्थ्यमा समस्या
वि.सं.२०७७ पुस २१ मंगलवार
shares
Photo By: snªsL :joDe" ;8s
sf7df8f}F, !! r}t . ljZje/ km}lnPsf] sf]/f]gf efO/; -sf]le8!(_ sf] ;+qmd0f Go"gLs/0f ug{ ;/sf/n] dªunaf/b]lv u/]sf]
ns 8fpgÚ sf sf/0f ;''g;fg snªsL b]lv :joDe" ;Ddsf] ;8s If]q . t:jL/ M k|bLk/fh jGt, /f;; . t:jL/ M k|bLk/fh jGt, /f;;
काठमाडौं -काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेको बताउँदै वातावरण विभागले घरबाहिर निस्किँदा विशेष सावधानी अपनाउन भनेको छ । साथै, बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वास र मुटु सम्बन्धी रोगका बिरामीलाई सकेसम्म घरबाहिर ननिस्किन भनेको छ ।
विभागका महानिर्देशक मुकुन्दप्रसाद निरौलाले मंगलबार दिउँसो प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘उपत्यकामा बिहान र बेलुकीको समयमा प्रदुषण अत्यधिक बढेको पाइएको छ । यसबाट तपाईं हाम्रो स्वास्थ्यमा नकरात्मक असर पर्न सक्दछ ।’
विज्ञप्तिमा नेपालगञ्ज, विराटनगर लगायतका क्षेत्रमा पनि वायु प्रदूषणको मात्रा उच्च भएको पाइएको उल्लेख गर्दै तराई क्षेत्रका नागरिकलाई पनि विशेष सतर्कता अपनाउन भनिएको छ ।
विभागले फोहोर र आगो बाल्दा पनि वायु प्रदूषण बढ्ने भएकाले त्यस्तो नगर्न पनि सुझाएको छ । भनिएको छ, ‘वायु प्रदूषण मौसममा पनि भर पर्ने भएकाले मौसम यस्तै भइरहेमा केही दिनसम्म प्रदुषण यस्तै रही रहने अथवा अझै खराब हुनसक्ने सम्भावना भएकाले विशेष सावधानी अपनाउनु हुन अनुरोध गरिन्छ ।’






























