हालसम्मकै सर्वाधिक कित्ता आईपीओ विक्री गर्न लागेको इन्फ्रास्ट्रक्चरको ८ प्रतिशत पूँजी बृद्धिको प्रक्षेपण

1K
shares
Shine resunga department bank

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले आगामी आर्थिक वर्षभित्र ८ प्रतिशत पूँजीबृद्धि गर्ने प्रक्षेपण गरेको छ । माघ २ गतेदेखि धितोपत्र प्राथमिक बजारमा हालसम्मकै सर्वाधिक ८ करोड कित्ता आईपीओ विक्री गर्ने तयारी गरेको यस कम्पनीले आगामी आर्थिक वर्षभिब चुक्तापूँजी रू. २१ अर्ब ६० करोड पु¥याउने प्रक्षेपण गरेको हो । कम्पनीले मंगलवार सार्वजनिक गरेको आईपीओ निष्कासन सम्बन्धि आव्हान पत्रमा पूँजीबृद्धिको प्रक्षेपण गरिएको छ ।

अधिकत पूँजी रू. ४० अर्ब र जारी पूँजी रू. २० अर्ब रहेको बैंकको हाल रू. १२ अर्ब चुक्तापूँजी रहेको छ । सर्वसाधारणमा रू. ८ अर्ब बराबरको आईपीओ विक्रीपछि रू. २० अर्ब चुक्तापूँजी कायम हुनेछ । यो आईपीओ छिटोमा माघ ६ गते र ढिलोमा माघ १६ गतेसम्म विक्री खुला हुनेछ । माग बमोजिम आवेदन परेमा छिटो अवधिभित्रै विक्री बन्द हुने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले कुल ८ करोड कित्तामध्य ५ प्रतिशतका दरले ४० लाख कित्ता सामूहिक लगानीकोषका लागि र शून्य दशमलव २ प्रतिशतका दरले १ लाख ६० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्न लागेको हो । कम्पनीको आईपीओ विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेडले रहेको छ भने प्रत्याभूतिकर्ता नागरिक लगानीकोष रहेको छ ।

 

खरिद कर्ताहरुले विक्री प्रबन्धसँगै आस्बा सेवामा सहभागी सम्पुर्ण बैंक तथा वित्तीय संस्थाबाट र मेरो शेयर सफ्टवेयरसँगै मेरो शेयर एपबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीको आईपीओलाई इक्रा नेपालले बैंकको वित्तीय अवस्था मध्यम रहेको संकेत गर्ने “इक्राएनपी आईआर त्रिपल बी” रेटिङ्ग प्रदान गरेको छ ।

 

कम्पनीले यो आईपीओ विक्री गर्न पुस १० गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । बैंकले उक्त आईपीओ विक्रीको अनुमति माग्दै मंसिर ८ गते बोर्डमा निवेदन दिएको थियो । गत आर्थिक वर्ष ०७६÷७७ मा कम्पनीले रू. १ अर्ब २३ करोड ४३ लाख ७१ हजार खुद नाफा गरेको छ । यस अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ११३ दशमलव ६२ र प्रतिशेयर आम्दानी रू. ७ दशमलव शून्य ६ रहेको छ ।

Can