चन्द्रागिरी हिल्सको आईपीओमा मागभन्दा ११ गुणा बढी आवेदन

777
shares
Shine resunga department bank

काठमाडौं । पुस २४ गतेदेखि विक्रीमा आएको चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओमा विक्री खुला भएको तेस्रो दिनमै मागभन्दा ११ गुणा बढी आवेदन परेको छ । आइतवार २ बजेसम्म ८ लाख १५ हजार ६१० जनाले आवेदन दिएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको हो ।

सिडिएससीका अनुसार यी आवेदकहरुबाट १ करोड ५९ लाख ८९ हजार ७० कित्ता शेयर खरिदको माग भएको छ । जुन मागभन्दा ११ दशमलव ४५ गुणा बढी हो ।

कम्पनीले सार्वजनिक निष्कासनमार्फत सर्वसाधारणका लागि १३ लाख ९६ हजार २२ कित्ता शेयर विक्री खुला गरेको हो । सर्वसाधारणका लागि छुट्याएको कुल १५ लाख ३४ हजार ९१ कित्ता आइपीओमध्य ६१ हजार ३६४ कित्ता कर्मचारीको लागि र ७६ हजार ७०५ कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरेको छ ।

 

 

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानियका लागि आईपीओ विक्री गरी दोस्रो चरणमा अन्य सर्वसाधारणका लागि विक्री खुला गरेको हो । यस आइपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १३ हजार ९६० कित्तासम्मका आवेदन माग गर्न सकिने व्यवस्था छ । आईपीओ विक्रीको छिटो अवधि पुस २८ र ढिलो माघ ९ गतेसम्म तोकिएपनि मागभन्दा बढी आवेदन परिसकेकाले छिटोअवधिभित्र विक्री बन्द हुनेछ ।

 

कम्पनीको यो आइपीओलाई इक्रा नेपालले मध्यम स्तरको जोखिमको संकेत गर्ने ईक्रा एनपी आर डबल बी रेटिङ प्रदान गरेको छ । आइपीओ निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो शेयर सफ्टवेयर र मेरो शेयर एप मार्फत आवेदन गर्न सक्नेछन् ।