नागरिक लगानी कोषको ८२.८४ प्रतिशत हकप्रद शेयर बिक्री खुला

Ghorahi cement

काठमाडौं । नागरिक लगानीकोषले आज (मंगलबार)देखि ८२ दशमलव ८४ प्रतिशत हकप्रद शेयर बिक्रि खुला गरेको छ । कम्पनीले १ बराबर शून्य दशमलव ८२८४ को अनुपातमा १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २०० रुपैयाँ बराबरको १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद शेयर बिक्रि खुला गरेको हो ।

यो हकप्रद प्रयोजनका लागि कम्पनीले पुस १४ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा पुस १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र यो हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीले यो हकप्रद शेयर विक्री गर्न पुस २ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डको अनुमति पाएको हो । कम्पनीले गत भदौ २२ गते बोर्डमा हकप्रद निष्कासनका लागि निवेदन दिएको थियो ।

कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । बिक्रि प्रबन्धकसँगै राष्ट्रिय वाणिज्य बैंकका विरगञ्ज, जनकपुर, चितवन, काभ्रे, बाँके, सुर्खेत, कैलाली, मकवानपुर, झापाको शाखा कार्यालय र नागरिक लगानीकोषको काठमाडौं, विराटनगर र पोखराको कार्यायबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । साथै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । यो हकप्रद माघ १९ गतेसम्म विक्रीमा रहनेछ । कोषको हकप्रद शेयरलाई इक्रा नेपालले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने इक्रा एनपी आइआर ए प्लस रेटिङ प्रदान गरेको छ ।

 

कोषले गत असार २० गते सम्पन्न २५ औं वार्षिक साधारण सभा मार्फत सो हकप्रदको प्रस्ताव पारित गरेको थियो । उक्त सभा मार्फत २२ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको कोषको बोनस पश्चात चुक्तापूँजी एक अर्ब ६४ करोड ७ लाख रुपैयाँ पुगेको छ । सोहि पूँजीको आधारमा कोषले हकप्रद बिक्रि खुला गरेको हो ।

Shangri-la Development Bank Ltd.
Nepali patro