चन्द्रागिरी हिल्सको आईपीओमा मागभन्दा साढे १७ गुणा बढी आवेदन

780
shares
Shine resunga department bank

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओमा मागभन्दा १७ दशमलव ५७ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार आवेदन दिने अन्तिम दिन मंगलवारसम्म १२ लाख ५१ हजार १० जना आवेदकले २ करोड ४४ लाख ७४ हजार ५३० कित्ता शेयर खरिदको लागि आवेदन दिएका हुन । यस कम्पनीमा परेको आवेदनले हालसम्मको प्राथमिक निष्कासनको आवेदनको रेकर्ड ब्रेक गरेको छ ।

कम्पनीले पुस २४ गतेदेखि सार्वजनिक निष्कासनमार्फत सर्वसाधारणका लागि १३ लाख ९६ हजार २२ कित्ता शेयर विक्री खुला गरेको हो । सर्वसाधारणका लागि छुट्याएको कुल १५ लाख ३४ हजार ९१ कित्ता आइपीओमध्य ६१ हजार ३६४ कित्ता कर्मचारीको लागि र ७६ हजार ७०५ कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरेको छ । कम्पनीले छिटोमा पुस २८ र ढिलोमा माघ ९ गतेसम्मको मिति तोकेपनि मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिमै विक्री बन्द गरेको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानियका लागि आईपीओ विक्री गरी दोस्रो चरणमा अन्य सर्वसाधारणका लागि विक्री खुला गरेको हो । यस आइपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १३ हजार ९६० कित्तासम्मका आवेदन माग गर्न सकिने व्यवस्था थियो । कम्पनीको यो आइपीओलाई इक्रा नेपालले मध्यम स्तरको जोखिमको संकेत गर्ने ईक्रा एनपी आर डबल बी रेटिङ प्रदान गरेको छ ।

आइपीओ निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारणलाई आईपीओ बाँडफाँट गरेपश्चात कम्पनीको चुक्ता पूँजी  १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ पुग्नेछ ।

Nepali patro