कामना सेवा विकास बैंकको एजीएमबाट लाभांश पारित

वि.सं.२०७७ पुस २९ बुधवार
shares

काठमाडौँ । कामना सेवा विकास बैंकको चौधौं वार्षिक साधारणसभा आज काठमाडौं बूढानीलकण्ठ स्थित पार्क भिलेज रिसोर्टमा सम्पन्न भएको छ ।
कम्पनी ऐन, २०६३, बैंकको नियमावली तथा प्रचलित कानून अनुसार बोलाइएको वार्षिक साधारण सभा कोभिड-१९ को प्रभावको कारण नेपाल सरकारद्वारा जारी स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गर्दै भिडियो कन्फ्रेन्सको माध्यमबाट सञ्चालन गरिएको थियो । साधारण सभामा ५५ प्रतिशत भन्दा बढी शेयरधनीको प्रतिनिधित्व थियो भने १०० जना भन्दा बढी शेयरधनीहरु जूम वेबीनार मार्फत जोडिएका थिए ।
साधारण सभाले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी रु २,५४,०१,९५,३५२.०२ को ४.४० प्रतिशतका दरले हुने रकम रु. ११,१७,६८,३७९.५७ बोनस शेयर वितरण गर्ने र सोमा लाग्ने कर प्रयोजनका लागि ०.२३ प्रतिशत अर्थात रु. ५८,८२,५४६.२९ बराबरको लाभांश कर प्रयोजनार्थ समेत गरी कुूल ४.६३ प्रतिशत लाभाँश वितरण गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।
बैंकले आव २०७७/०७८ को लेखापरीक्षण गर्नको लागि बैंकको लेखापरीक्षण समितिद्वारा सिफारिस गरिएबमोजिम लेखापरीक्षक जिपि राजवाहक एण्ड कम्पनी चार्टड एकाउन्टेण्ट्सलाई पून नियुक्ति गरेको छ । उक्त सभामा बैंकका अध्यक्ष सुदीप आचार्यले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, बैंकको आर्थिक वर्ष २०७६/०७७ को वासलात, नाफा÷नोक्सान हिसाब, नगद प्रवाह विवरण र सोसँंग सम्बन्धित अनुसूचीहरु र देशको आर्थिक तथा बैकिङ्ग क्षेत्रको अवस्था तथा चालु आर्थिक वर्ष २०७७/०७८ को असोज मसान्तसम्मको कार्य सम्पादनको संक्षिप्त विवरण र भावी कार्ययोजना प्रस्तुत गरेका थिए ।
यससंगै कोभिडको प्रभाव कम हुंदै गई आर्थिक गतिविधिहरु सामान्य अवस्थामा चलायमान हुंदै गएको हुनाले शाखा सञ्जाल, बैंकि¨ कारोबारको संख्यामा भएको उल्लेख्य बृद्घि, कर्जा तथा निक्षेपमा भएको वृद्धि, डिजिटाइजेसनमा गरेको दिगो लगानी, बजारमा बैंकले पारेको प्रभाव तथा साख आदिको कारण आगामी वर्ष राम्रो प्रतिफल प्रदान गर्नेमा विश्वस्त रहेको समेत जानकारी गराए । त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम अनुसार निर्धारण गरिएका लक्ष्यहरु हासिल हुने गरी कार्यक्रम संचालन गरेको तथा यस बैंकको भावी रणनीति प्रस्तुत गर्दै बैंकलाई अत्याधिक प्रतिस्पर्धात्मक बजारमा एक अब्बल विकास बैंंकको रुपमा स्थापित गराउने कार्ययोजना सहित अगाडि बढेको बताए ।
बैंक सञ्चालक समितिका अध्यक्ष आचार्यको अध्यक्षतामा बसेको साधारण सभामा बैंकका सञ्चालक चतुराखर अधिकारीले शेयरधनीहरु लगायत उपस्थित सबैलाई मन्तव्य मार्फत स्वागत गरेका थिए भने सञ्चालक भिमप्रसाद तुलाचनले धन्यवाद ज्ञापन गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन कम्पनी सचिव हरि प्रसादलम्सालले गरेका थिए ।