हालसम्मकै सर्वाधिक कित्ता आईपीओ बिक्रिमा

960
shares
Shine resunga department bank

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओ आजदेखि बिक्री खुला गरिएको छ । कम्पनीले हालसम्मकै सर्वाधिक ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आईपीओ बिक्री खुला गरिएको हो ।

कम्पनीले कुल ८ करोड कित्तामध्य ७ करोड ५८ लाख ४० हजार कित्ता सर्वसाधारणमा सार्वजनिक निष्कासन गेको हो । बाँकी ५ प्रतिशत दरले ४० लाख कित्ता सामूहिक लगानीकोषका लागि र शून्य दशमलव २ प्रतिशतका दरले १ लाख ६० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ । सबै आवेदकको भागमा पर्ने निश्चित रहेको यो आईपीओ छिटोमा माघ ६ गते र ढिलोमा माघ १६ गतेसम्म विक्रीमा रहनेछ । माग बमोजिम आवेदन परेमा छिटो अवधिभित्रै विक्री बन्द हुने कम्पनीले जनाएको छ ।

कम्पनीले यो आईपीओ विक्री गर्न पुस १० गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । बैंकले उक्त आईपीओ विक्रीको अनुमति माग्दै मंसिर ८ गते बोर्डमा निवेदन दिएको थियो । अधिकत पूँजी ४० अर्ब र जारी पूँजी २० अर्ब रहेको बैंकको हाल चुक्तापूँजी १२ अर्ब रहेको छ ।

आगामी वर्षभित्र ८ प्रतिशत पूँजी बढाउने प्रक्षेपण कम्पनीले गरेको छ । २०७५ साल फागुन २२ गतेदेखि पूर्वाधार विकास बैंकको रुपमा कारोबार सञ्चालन गर्दै आएको यस बैंकले पूर्वाधारका परियोजनाहरुमा कर्जाको रुपमा प्रवाह गर्न र बाँकी रकम उच्च प्तिफल दिने धितोपत्र बजारका उपकरणहरुमा लगानी गर्ने गरी आईपीओ मार्फत पूँजी संकलन गर्न लागेको हो ।

 

कम्पनीले आर्थिक वर्ष ०७७/७८ मा चुक्तापूँजी २१ अर्ब ६० करोड चुक्तापूँजी कायम गर्ने प्रक्षेपण गरेको हो । संस्थापकतर्फ हाल ६० प्रतिशत शेयर स्वामित्व कायम रहेको कम्पनीले सर्वसाधारणमा जारी पूँजीको ४० प्रतिशत हिस्सा शेयर विक्री गर्न लागेको हो ।

 

यो आईपीओ विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभूतिकर्ता नागरिक लगानीकोष रहेको छ । खरिद कर्ताहरुले विक्री प्रबन्धसँगै आस्बा सेवामा सहभागी सम्पुर्ण बैंक तथा वित्तीय संस्थाबाट र मेरो शेयर सफ्टवेयरसँगै मेरो शेयर एपबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।

 

कम्पनीको आईपीओलाई इक्रा नेपालले बैंकको वित्तीय अवस्था मध्यम रहेको संकेत गर्ने “इक्राएनपी आईआर त्रिपल बी” रेटिङ्ग प्रदान गरेको छ । गत आर्थिक वर्ष ०७६/७७ मा कम्पनीले १ अर्ब २३ करोड ४३ लाख ७१ हजार खुद नाफा गरेको छ । यस अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ ११३ दशमलव ६२ र प्रतिशेयर आम्दानी ७ दशमलव शून्य ६ रहेको छ ।