चन्द्रागिरी हिल्सको आईपीओ आज बाँडफाँट हुने

वि.सं.२०७७ माघ ९ शुक्रवार
shares

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओको आज बाँडफाँट हुदैंछ । विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा बिहान साढे १० बजे आईपीओ बाँडफाँट गर्ने तयारी भैरहेको छ ।
यस कम्पनीको आईपीओमा मागभन्दा १७ दशमलव ५७ गुणा बढी आवेदन परेको छ । १२ लाख ५१ हजार ९३८ जना आवेदकले २ करोड ४४ लाख २९ हजार ८४० कित्ता शेयर खरिदको लागि आवेदन दिएका हुन । कम्पनीले पुस २४ गतेदेखि २८ गतेसम्म सर्वसाधारणमा १३ लाख ९६ हजार २२ कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो ।
सर्वसाधारणका लागि छुट्याएको कुल १५ लाख ३४ हजार ९१ कित्ता आइपीओमध्य ६१ हजार ३६४ कित्ता कर्मचारीको लागि र ७६ हजार ७०५ कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरेको छ ।
यस कम्पनीको आईपीओमा मागभन्दा १७ गुणा बढी आवेदन परेकाले गोलाप्रथाद्वारा वितरण हुनेछ । योग्य आवेदकमध्य १ लाख ३९ हजार ६०२ जनाले १० कित्ताका दरले शेयर पाउनेछन् । बाँकी दुई कित्ता थप दुई जनाले एक एक कित्ताका दरले पाउनेछन् ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानियका लागि आईपीओ बाँडफाँट गरी दोस्रो चरणमा अन्य सर्वसाधारणका लागि विक्री गरेको हो । सर्वसाधारणलाई आईपीओ बाँडफाँट गरेपश्चात कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ५३ करोड ४० लाख ९१ हजार पुग्नेछ ।