भोलि देशभर आमहड्ताल, परीक्षा दिन कसरी जाने ?

Ghorahi cement

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड(नेपाल समूहले बिहीवार (भोलि) देशभर आमहड्तालको घोषणा गरेको छ ।

प्रचण्ड(नेपाल पक्षले बुधवार (आज) पत्रकार सम्मेलन गर्दै भोलि देशभर आमहड्तालको घोषणा गरेको हो ।

सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा भोलि देशव्यापी आम हड्तालको घोषणा गरिएको उक्त पक्षकी नेतृ पम्फा भुसालले जानकारी दिइन् ।

 

पत्रकार सम्मेलन गर्दै नेतृ भुसालले आम हड्तालमा बजार, शिक्षण संस्था, यातायातलगायत बन्द रहेपनि अत्यावाश्यक सेवा भने बन्द नगर्ने जानकारी दिएकी छिन् ।

 

त्यस्तै कुनै पनि परीक्षाहरु नरोकिने र परीक्षा दिने विद्यार्थीहरुलाई भने प्रवेश पत्र देखाएर आफ्नो सवारी साधन प्रयोग गर्न पाईने संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

 

संसद विघटनविरुद्ध निरन्तर आन्दोलन गरिरहेको उक्त समूहले आज साँझ देशव्यापी मसाल जुलुस समेत गर्ने बताइएको छ । संसद विघटनविरुद्ध माघ १३ गतेबाट आन्दोलन शुरु गरेको उक्त पक्षले अन्य आन्दोलनका कार्यक्रमहरुलाई थप कार्यक्रमहरुको आयोजना गरिएको श्रेष्ठले बताए ।

Nepali patro