ओलीले सधैं पार्टीमा शिक्षकलाई अघि बढाउने काममा बाधकको भूमिका खेलेको आरोप: प्रचण्ड
वि.सं.२०७७ माघ २६ सोमवार
1.3K
shares
shares
काठमाडौं,नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षा क्षेत्रको बाधकका रुपमा केपी शर्मा ओली भएको बताएका छन् ।
शिक्षक बौद्धिक हुने भएकाले ओली सधै डराउने, तर्सिने भन्दै प्रचण्डले ओलीले सधैं पार्टीमा शिक्षकलाई अघि बढाउने काममा बाधकको भूमिका खेलेको आरोप लगाएका छन ।
एकीकृत अखिल नेपाल शिक्षक संगठनको राष्ट्रिय परिषद बैठकको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले अहिले आएर ओलीले म्यादी प्रहरी जसरी केन्द्रीय समितिमा भने शिक्षकलाई राखेको बताएका छन ।
शिक्षकहरु न्याय, सत्य र प्रगतिको पक्षमा हुने भएकाले ओली जहिले पनि शिक्षकसित डराउने गरेको उनको भनाइ छ ।
अहिलेको लडाई अग्रगमन र प्रतिगमनबीचकै भएको भन्दै उनले आफूहरु जनतासित नजिकएको बताएका छन।




























