मलेसियाको सामाजिक सुरक्षा योजनामा नेपाली श्रमिक पर्ने
वि.सं.२०७७ फागुन ४ मंगलवार
shares
काठमाडौं । मलेसियामा कार्यरत नेपाली श्रमिकलाई मलेसियाको सामाजिक सुरक्षा योजना ९सोक्सो०मा आबद्ध हुने बाटो खुलेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावमा सरकारले मलेसियाको सामाजिक सुरक्षा संस्थासँगको समझदारीपत्र स्वीकृत गरी त्यो समझदारीपत्रमा हस्ताक्षर गर्न अधिकार दिने निर्णय गरेसँगै मलेसियामा रहेका श्रमिकलाई उक्त योजनामा सहभागी हुने बाटो खुलेको हो ।
सरकारले स्वीकृति दिएसँगै मलेसियाको सामाजिक सुरक्षा सङ्गठन ९सोक्सो० र नेपालको वैदेशिक रोजगार बोर्डबीच योजनालाई थप व्यवस्थित गर्न सम्झौता हुनेछ । मलेसिया सरकारले त्यहाँ कार्यरत नेपाली श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्धता गराउने योजनालाई प्राथमिकता दिएपछि बोर्डले सम्झौताका लागि पहल गरेको थियो ।
बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले समझदारी स्वीकृत गरी सम्झौता गर्न मन्त्रिपरिषद् सहमति भएसँगै उक्त समझदारी गर्ने प्रक्रिया अगाडि बढाउने जानकारी दिए । मलेसिया सरकारले इन्डोनेसिया र पाकिस्तानसँग उक्त कार्यक्रममा आफ्ना श्रमिकलाई आबद्ध गराउन समझदारी गरिसकेको छ । गोरखापत्र दैनिकबाट











![सशस्त्र प्रहरीका १३ डीएसपी एसपीमा बढुवा सिफारिस [सूचीसहित] सशस्त्र प्रहरीका १३ डीएसपी एसपीमा बढुवा सिफारिस [सूचीसहित]](https://singhadurbarnews.com/wp-content/uploads/2025/07/police-1-312x224.jpg)






![सशस्त्र प्रहरीका १३ डीएसपी एसपीमा बढुवा सिफारिस [सूचीसहित] सशस्त्र प्रहरीका १३ डीएसपी एसपीमा बढुवा सिफारिस [सूचीसहित]](https://singhadurbarnews.com/wp-content/uploads/2025/07/police-1-150x150.jpg)










