स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)को निर्वाचनका लागि बासदेवु नेपालको प्यानल घोषणा

834
shares
Shine resunga department bank

काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)को निर्वाचनका लागि बासदेवु नेपालको प्यानल घोषण गरिएको छ । काठमाडौंमा सोमबार एक कार्यक्रमको आयोजना गरेर नेपालको पयानल घोषणा गरिएको हो ।

 

फागुन ८ गते हुने निर्वाचनका लागि यस प्यानलमा अध्यक्ष पदका लागि बासुदेव नेपाल, उपाध्यक्षमा प्रज्वल बस्नेत, हेमन्तराज दुलाल, महासचिवमा विपिन केसी, सचिबमा पृथ्वीबहादुर चन्द, अमित खड्का, कोषाध्यक्षमा अनिल शर्मा पौड्यल रहेका छन् । त्यस्तै, सदस्यहरुमा राजकुमार शर्मा, दिनेश न्यौपाने, दिपा लामिछाने र सुरेश पोखरेल रहेका छन् ।

 

फेकन नेपालको नयाँ कार्यकारी पदका लागि हुन लागेको निर्वाचनका लागि यस संघका पूर्व वरिष्ठ उपाध्यक्ष बासुदेव नेपालको नेतृत्व प्यानल घोषणा भएका छन् । कार्यक्रममा बोल्दै बासुदेव नेपालले भने, ‘फेकन भन्ने पनि संस्था छ र भन्नेहरुका लागि अहिलेको हाम्रो टिम उदाहरणिय छ । यस संस्थामा आवद्ध सबैको मेहनतले फेकन निकै माथी पुगेको छ ।’ उनले थपे, ‘हामीले २४ वटा योजना सहित अगाडी बढ्ने तयारी गरेर यो प्यानल घोषणा गरेका छौं । यी योजना यथास्थितीको विरोधका लागि राखेका हौं । २२ महिना २४ काम अबको नेतृत्व बासुको नाम भन्ने मूल नारा सहित हामीले हाम्रो प्यानल तयार गरेका छौं ।’