निशान म्यागनाईट गाडी सार्वजनिक
वि.सं.२०७७ फागुन १५ शनिवार
891
shares
shares
काठमाडौं । निशान गाडीको अधिकारिक वितरक तथा बजार व्यवस्थापक कम्पनी पायोनियर मोटो कर्पले निशान म्यागनाईट गाडी सार्वजनिक गरेको छ । नेपालको लागि आधिकारीक विक्रेता पायोनिरले निशानको नयाँ एसयुभी गाडी निशान म्यागनाईटको सोमबार एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरेको हो ।
पायोनियर मोटो कर्प प्रालिका प्रबन्ध निर्देशक संदीपकुमार शारदाले प्रख्यात भारतीय कम्पनी निशानको यो मोडेलको गाडीको पहिलो अन्तर्राष्ट्रिय बजार नेपाल भएको बताएका छन् । साथै, उनले अब यो गाडी देशभरका सोरुमहरुमा डिस्प्लेमा राखिने बताएका छन् ।
यो गाडी बिग, बोल्ड, विशेष र आकर्षक रहेको उनले बताए । उनका अनुसार गाडीको मूल्य न्युनतम २९ लाख ४९ हजार रुपैयाँदेखि ४२ लाख ७९ हजार रुपैयाँ ताेकिएकाे छ ।
भिडियाे हेर्न यसमा क्लिक गर्नुहाेस्