बजेट अभावले चीनमै रोकिए २५ वटा विद्युतीय बस

1K
shares
national life insurances

काठमाडौं । चीनमा तयार भएका २५ वटा विद्युतीय बस आर्थिक अभावका कारण नेपाल ल्याउन सकिएको छैन । सुन्दर यातायातले दुई वर्षअघि निर्माण गर्न लगाएको २५ वटा बसको भुक्तानी गरिसेकेको छ तर भन्सार कर बुुझाउन आवश्यक रकमको जोहो गर्न नसकेपछि बसहरू चीनमै रोकिएका छन् ।

 

करिब ६ महिनाको बन्दाबन्दीले योजनाअनुसार काम गर्न नपाएपछि आर्थिक समस्या हुन पुुगेको सुुन्दर यातायात प्रालिले जनाएको छध्र ४० सिट क्षमताका २५ वटा बसहरू तयारी अवस्थामा छन् ।

 

कम्पनीले ल्याउन ताकेता गरिरहेको छ तर भन्सार करको जोहो गर्न नसक्दा आफूहरू समस्यामा परेको सुुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले बताए । गोरखापत्र दैनिकबाट

Hams Hospitals
Machhapuchhre Bank Limited