एनसेल र टेलिकमको नाफामा भारी गिरावट

660
shares
Shine resunga department bank

काठमाडौं । सन् २०१९ मा आफ्नो एक जना ग्राहकबाट औसतमा दुई सय ६९ रुपियाँ आम्दानी गरेको एनसेलको त्यस्तो आम्दानी सन् २०२० मा प्रति ग्राहक दुई सय १४ रूपियाँमा सीमित भयो । सोही वर्ष कुल आम्दानीको २२ प्रतिशत डेटा बिक्रीबाट प्राप्त गरेकोमा कम्पनीको यो हिस्सा बढेर सन् २०२० मा २४ प्रतिशत पुग्यो ।

 

पछिल्लो वर्ष एनसेलको आम्दानी १२ अर्ब रूपियाँभन्दा बढीले घटेको छ । आम्दानी ४१ अर्ब ९२ करोड रुपियाँमा झरेको छ । जबकी सन् २०१९ मा कम्पनीले ५४ अर्ब १६ करोड रुपियाँ आम्दानी गरेको थियो । एनसेलको खुद नाफामा त झन् भारी गिरावट नै देखिन्छ ।

 

एनसेलको मुख्य लगानीकर्ताले एजियटाले सार्वजनिक गरेको पछिल्लो वित्तीय प्रतिवेदनअनुसार सन् २०२० मा खुद नाफा केवल तीन अर्ब रुपियाँ हाराहारी मात्र छ । सन् २०१९ मा एनसेलले १४ अर्ब रुपियाँ नजिक खुद मुनाफा आर्जन गरेको प्रतिवेदनमा देखिन्छ ।

 

सरकारी लगानीको नेपाल टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणलाई उपलब्ध गराएको वित्तीय प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६र७७ मा कम्पनीले ३४ अर्ब ७३ करोड रुपियाँ मात्र आम्दानी गरेको छ । जबकी आव २०७५र२०७६ मा टेलिकमले ३६ अर्ब रुपियाँ आम्दानी गरेको थियो । कम्पनीले माघ ३० गते प्रकाशित गरेको चालू आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणमा कुल आम्दानी गत आवको सोही अवधिको तुलनामा एक अर्ब ३४ करोड रुपियाँले घटेर २० अर्ब ५८ करोड रुपियाँ पुगेको उल्लेख छ । गोरखापत्र दैनिकबाट