लघुवित्तलाई शाखा खोल्न कडाइ
वि.सं.२०७७ फागुन १८ मंगलवार
shares
काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तिय संस्थाको शाखा स्थापनामा कडाई गरेको छ । नयाँ व्यवस्था अनुसार राष्ट्र बैंकले आइतबार परिपत्रमार्फत लघुवित्त वित्तिय संस्थाले काठमाडौं उपत्ययकामा शाखा खोल्नु अघि मोफसलमा दुई वटा शाखा हुनुपर्ने व्यवस्था गरेको हो ।
यसअघि राष्ट्र बैंकबाट स्वीकृती पाए मात्र पुग्थ्यो । विद्यमान व्यवस्था अनुसार लघुवित्त वित्तिय संस्थाका शाखा नभएका स्थानिय तहका वडामा शाखा कार्यालय खोल्न राष्ट्र बैंकको स्वीकृती चाहिदैन । तर, काठमाडौं उपत्यका, महानगरपालिका र उपमहानगरपालिकामा वित्तिय संस्थाका शाखा नभएका स्थानिय तहका वडामा शाखा खोल्न राष्ट्र बैंकको पूर्व स्वीकृती लिनुपर्ने व्यवस्था छ ।
सोहि व्यवस्था परिमार्जन गरि काठमाडौं उपत्यकामा शाखा खोल्नु अघि मोफसलका ग्रामिण स्थानिय तहमा कम्तीमा २ वटा शाखा खोल्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो । कान्तिपुर दैनिकबाट
वि.सं.२०७७ फागुन १८ मंगलवार ०९:४७