ज्येष्ठ नागरिकलाई आजदेखि खोप, प्रधानमन्त्रीले पनि आज खोप लगाउँदै

945
shares
Shine resunga department bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कोरोनाविरुद्धको खोप लगाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले आइतबार प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा बिहान १० बजे कोरोनाविरुद्धको खोप लगाउने जानकारी दिए ।

 

यसका साथै आइतबारदेखि नेपालमा दोस्रो चरणअन्तर्गत ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप दिन लागिएको छ । सोही उमेर समूहमा परेका प्रधानमन्त्री ओलीले पनि खोप लगाउने भएका हुन् । यीबाहेक सवारी चालक, शिक्षक र सहचालकसमेतलाई कोरोनाविरुद्धको खोप दिइँदै छ ।

 

यसैबीच नेपालमा कोभ्याक्स फ्यासिलिटीअन्तर्गत प्राप्त गरेको कोरोना भाइरसविरुद्धको खोप आइतबार ल्याइँदै छ । मन्त्रालयका सचिव लक्ष्मण अर्यालले सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको तीन लाख ४८ हजार डोज कोभिसिल्ड खोप बोकेको विमान आइतबार नेपाल आइपुग्ने बताए । उनले नेपालमा प्राथमिकताका आधारमा खोप लगाउने कार्य भइरहेको भन्दै फागुन २३ देखि ६५ वर्षभन्दा माथिका उमेर समूहका ज्येष्ठ नागरिकले खोप लगाउनसक्ने बताए ।

 

सचिव अर्यालले नेपालमा कोरोना खोपको अभाव नहुने भन्दै सरकारले खरिद गर्ने खोप ल्याउने तयारी गरिरहेको बताए । अर्यालले ५० लाख डोज खोप भारतसँग खरिद गर्ने प्रक्रिया अगाडि बढिसकेको जानकारी दिए । कोभ्याक्सले कुल जनसङ्ख्याको २० प्रतिशतलाई निःशुल्क खोप उपलब्ध गराउने छ । गोरखापत्र दैनिकबाट

Sharestha treating