शिवरात्रीको दिन वाग्मतीमा सफा पानीले नुहाउन सकिने: प्रधानमन्त्री
वि.सं.२०७७ फागुन २३ आइतवार
678
shares
shares
काठमाडौं । काठमाडौं उपत्यका शहरीकरण हुनुअघि पशुपति दर्शनअघि वाग्मतीमा नुहाउने र त्यहाँकै जल पशुपतिनाथलाई चढाउने प्रचलन थियो । तर, वाग्मतीमा ढल मिसाउन थालेपछि यो प्रभावित बन्दै आएको थियो ।
वर्षौंपछि यो सपना फेरि पूरा हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिबरात्रीको दिन फागुन २७ गते पशुपति किनारामा नुहाउन सकिने बताएका हुन् ।
मेलम्चीबाट १२ दिन लगाएर सुन्दरीजलमा झरेको पानी अहिले वाग्मतीमा खसाइएको छ । अहिले आइरहेको पानी २६ गतेदेखि अझै थप हुने र २७ गते वाग्मतीमा सफा पानीले नुहाउन सकिने उनले बताए । गोरखापत्र दैनिकबाट
वि.सं.२०७७ फागुन २३ आइतवार ०९:४१