पुँजी बजारका लगानीकर्तामध्ये ४१ प्रतिशत महिला

639
shares
Shine resunga department bank

काठमाडौं । नेपालको शेयर बजारका कुल लगानीकर्तामध्ये ४१ प्रतिशत हिस्सा महिलाले ओगटेका छन् । सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का अनुसार फागुन २३ गतेसम्म खुलेको हितग्राही खातामध्ये ४१ प्रतिशत महिलाको नाममा रहेको छ ।

 

यो दिनसम्म ३१ लाख २८ हजार ३२५ वटा हितग्राही खाता खोलिएकामा १२ लाख ८४ हजार ५५१ हितग्राही खाता महिलाको नामका रहेका छन् ।

 

हितग्राही खाता शेयर कारोबारकै लागि खोलिने गरिन्छ । चालू आर्थिक वर्षको सुरुदेखि हालसम्म १३ लाख ७४ हजार २८८ हितग्राही खाता थपिएका छन् । गत असार मसान्तसम्म हितग्राही खाताको संख्या १७ लाख ५४ हजार ३७ मात्र रहेको थियो ।

 

साउन लागेयता शेयर कारोबारका लागि खोलिएका हितग्राही खातामध्ये ६ लाख ८ हजार ५८४ महिलाको नामका रहेका छन् । नेपालको शेयर बजारमा पनि महिला सहभागिता बढ्दै गएको देखिन्छ । आधारभूत र प्राविधिक विश्लेषणसहित लगानी गर्नुपर्ने यो क्षेत्रमा लगानी गरी धेरै महिला आत्मनिर्भर पनि हुँदै गएका छन् । आर्थिक अभियानबाट