वैदेशिक रोजगारीमा महिलाको हिस्सा घट्दै

825
shares
Shine resunga department bank

काठमाडौं । संविधानले महिला र पुरुषलाई रोजगारीका लागि समान अधिकार दिएको भए पनि वैदेशिक रोजगारीको क्षेत्रमा महिलाको हिस्सा ६ प्रतिशतमात्र रहेको पाइएको छ । स्वदेशमा रोजगाररत हिलाको हिस्सा बढी भए पनि वैधानिक रुपमा अर्थात् श्रमस्वीकृति लिएर रोजगारीका लागि विदेश जाने महिलाको संख्या भने निकै कम छ ।

 

वैदेशिक रोजगार बोर्डका अनुसार पछिल्ला ५ वर्षमा वैदेशिक रोजगारीका लागि जाने कुल श्रमिकको संख्या अनुपातमा महिला कामदार ६ प्रतिशत अर्थात् १ लाख ५८ हजारमात्र छन् । यसमा पुरुषको संख्या २६ लाख १४ हजार भन्दा बढी छ । ठूलो संख्यामा महिला कामदार अवैध बाटोबाट जाने गरेको हुँदा यो संख्या १० देखि ११ प्रतिशतसम्म हुन सक्ने आप्रवासनमा संलग्न संस्था तथा विज्ञहरुको अनुमान छ ।

 

वैदेशिक रोजगारीका लागि ११० वटा देश खुला गरिएको भए पनि नेपाली महिलाका लागि मलेसिया, कतार, साउदी अरेबिया, यूएई र कुवेत नै संस्थागत वैदेशिक रोजगारीका मुख्य गन्तव्य हुन् । त्यसमा पनि मलेसिया र कतारले मात्रै ६० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको पाइन्छ । संस्थागत ९म्यानपावर० बाट वैदेशिक रोजगारीमा जानेमध्ये महिलाको हिस्सा ३ प्रतिशतभन्दा कम छ । कारोबार दैनिकबाट