श्रमिक पठाउन कतारसँग जीटुजी सम्झौता भए कडा प्रतिकारमा उत्रने चेतावनी

939
shares
Nabil bank

नेपाल वैदेशिक रोजगार सङ्घले कतारमा श्रमिक पठाउने विषयमा सरकारी तहमै श्रमिक आदानप्रदान (जीटुजी) सम्झौता भएमा कडा प्रतिकार गर्ने बताएका छन् । वैदेशिक रोजगार व्यवसायीले वर्षौंदेखि करोडौँ लगानी गरेको क्षेत्रमा सरकारले सरकारी तहमै श्रमिक आदानप्रदानको सम्झौता गरेमा आफूूहरूलाई मान्य नुहुने बताएका छन् ।

 

सङ्घले मङ्गलबार विज्ञप्तिमार्फत श्रममन्त्री गौरीशङ्कर चौधरीले गएको आइतबार कतारसँग सम्झौताको विषय भनेको भनाइप्रति आपत्ति जनाएको हो । सङ्घले सरकारले व्यवसाय गर्ने वातावरण बनाई दिनुपर्नेमा उल्टै आफैँ व्यवसाय गर्न खोज्नु खेदजनक भएको जनाएको छ । सरकारले दक्षिण कोरिया, इजरायललगायतका मुलुकमा श्रमिक पठाउँदा लाखौँ शुल्क लिने तर व्यवसायीलाई शून्य लागतमा श्रमिक पठाउनुपर्छ भन्ने गरेको भन्दै सङ्घले कतारसँग जीटुजी सहमति भएमा सशक्त प्रतिवादमा उत्रिने चेतावनी दिएको छ ।

 

 

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited