दलहरुलाई राष्ट्रपतिको स्पष्टोक्ति : संविधानको अक्षरशः पालना गरेकी छु

903
shares
Shine resunga department bank

राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले संविधानको अक्षरशः पालना गरेको बताएकी छन्। राष्ट्रपति भण्डारीले मंगलबार शीतल निवासमा आयोजित सर्वदलीय बैठकलाई सम्बोधन गर्ने क्रममा सरकारले गरेको सिफारिस कार्यान्वयन गर्नुपर्ने संवैधानिक दायित्व आफ्नो भएको बताएकी हुन्।

 

 

कांग्रेस, माओवादी केन्द्रलगायत दलका नेताले बैठकमा सरकारले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटनलगायत निर्णय गरी गरेको सिफारिसमा राष्ट्रपतिले कुनै परामर्शबिना सहीछाप लगाएको भन्दै उक्त प्रसंग उप्काएका थिए। त्यसपछि राष्ट्रपति भण्डारीले आफू संविधानको दायराभन्दा बाहिर जान नहुने भएकाले संविधानकै सीमाभित्र रहेर सरकारका सिफारिस कार्यान्वयन मात्र गरेको बताएको नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले सुनाए।

 

 

‘संविधानको अक्षरअनुसार सरकारले गरेको सिफारिस कार्यान्वयन गर्ने हो, आफ्नो निर्णय मैले त्यसरी कहिल्यै गरेको होइन। मैले संविधानको संरक्षण गरेको हो। त्यसमा अन्य ढंगले बुझ्नु आवश्यक छैन’, राष्ट्रपति भण्डारीको भनाइ उद्धृत गर्दै नेता सुवालले सञ्चारकर्मीसँग भने।

 

 

राष्ट्रपतिले राजनीतिक दलहरूबीचको संवाद, सहकार्य र एकता नेपालको राजनीतिक सौन्दर्य भएको बताएकी थिइन्। संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरणका लागि दलहरूको सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिएको बैठकपछि राष्ट्रपति कार्यालयले जारी गरेको वक्तव्यमा उल्लेख छ।

 

आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

everest Bank
Sharestha treating