सम्पुर्ण परिक्षा स्थगित, लकडाउन गर्न सक्ने

1.3K
shares

काठमाडौं ।पूर्वनिर्धारित सबै तहका परीक्षा स्थगित गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सिफारिस गरेको छ । कोरोनाभाइरसको बढ्दो संक्रमणका कारण देशभरका शिक्षालयमा तय भएका पूर्वनिर्धारित परीक्षा स्थगित गर्ने निर्णय भएको सीसीएमसीका एक सदस्यले बताए ।

 

ती सदस्यका अनुसार एसइइ बाहेकाका सबै परीक्षा स्थगित गर्ने निर्णय गरे छ । आइतबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुखहरुले संक्रमणले भयाभह रुप लिन थालेको भन्दै कोरोना भाइरससम्बन्धी मापदण्डहरुमा थप कडाइ गर्ने निर्णय गरेको भक्तपर जिल्ला प्रमुख प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

 

उनले भने, ‘संक्रमण व्यापाक भइसकेको छ यो फैलिन नदिनका लागि सरकारले सबै उपयाहरु अपनाउन सक्न त्यसमा पहिला धेरै भिडभाड हुने स्थानहरुमा स्वःलगकडाउन गर्न पर्यो भनेको स्वास्थ्यका मापदण्डहरु काडइका साथ लागू गर्न पर्यो ।’

 

काठमाडौं, भक्तपुर र ललितपुरलाई छुट्टाछुट्टै हेर्न नमिल्ने भन्दै उनीहरुले संयुक्त निर्णय गर्ने तयारी गरेका हुन् । अघिल्लो वर्ष पनि उपत्यकाका तीन जनै प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकबाट निषेधाज्ञाबारे निर्णय हुने गरेको थियो ।

civil hospital
Hams Hospitals