एसईई र कक्षा १२ को परीक्षा स्थगित

1.4K
shares

राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ ।

सोमबार बसेको बोर्ड बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

 

काेभिडकाे दाेस्राे लहर र त्यसले निम्त्याउने खतरालाई मध्यनजर गर्दै अर्को सुचना नभएसम्मका लागि स्थगित गरिएको बाेर्डका अध्यक्ष चन्द्रमणि पाैडेलले जानकारी दिए ।

त्यस्तै अर्को सुचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष पौडेलले जानकारी दिए ।

civil hospital
Hams Hospitals