(एचआईडिसिएल) (HIDCL)ले हकप्रद शेयर निष्काशनकाे पायाे अनुमति
वि.सं.२०७८ जेठ १० सोमवार
2.5K
shares
shares
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल) (HIDCL) लाई हकप्रद शेयर निष्काशन अनुमति पाएको छ ।
कम्पनीले चैत १२ गते बोर्डमा आवेदन दिएको थियाे। कम्पनीकाे हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।
कम्पनीलाई १ बराबर १ अनुपातमा हकप्रद निष्काशन गर्न बोर्डले जेठ ९ गते आइतबार अनुमति दिएकाे हो। कम्पनीले प्रति कित्ता १०० अंकित दरका ११ करोड कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।






























