बैंक तथा वित्तीय संस्थाहरुलाई निषेधाज्ञाभर सीमित कार्यालय मात्र सञ्चालनमा ल्याउन निर्देशन  

Ghorahi cement

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निषेधाज्ञाभर सीमित कार्यालय मात्र सञ्चालनमा ल्याउन निर्देशन दिएको छ ।

 

केन्द्रीय बैंकले सोमवार सूचना जारी गर्दै काठमाडौं उपत्यकाभर वाणिज्य, विकास र वित्त कम्पनीहरुलाई सीमित शाखा कार्यालयमात्र सञ्चालन गर्न निर्देशन दिएको हो ।

 

निर्देशननुसार वाणिज्य बैंकहरुले काठमाडौं जिल्लामा तीन ओटा, ललितपूर जिल्लामा दुई ओटा र भक्तपूर जिल्लामा एउटा शाखा आलोपालो गरी सञ्चालन गर्नु पर्नेछ । यसैगरी विकास बैंकहरुले काठमाडौं जिलामा दुई ओटा मात्रै, ललितपूरमा र भक्तापूरमा १/ १ ओटा मात्रै कार्यालय खोल्न पाउने छन् । यस्तै वित्त कम्पनीहरुले काठमाडौं, ललितपूर र भक्तपूरमा १/ १ ओटा मात्रै कार्यालय पालैपालो गरेर सञ्चालन गर्नु पर्ने छ ।

 

कोभिडको संक्रमण तिव्र रुपमा फैलिएको र सम्भावित खतराबाट बच्नका लागि निषेधाज्ञासम्म पालैपालाे कार्यालय खाेल्न निर्देशन दिएको नेपाल राष्ट्र बैककाे भनाई छ ।

 

निर्देशनपछि अधिकांश बैंकहरुले खुला रहने शाखाको सूची वेबसाइटदेखि भाईबर, फेसबुक लगायतका सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै आएका छन् ।

Nepali patro