चार कम्पनीको शेयरमूल्यमा भारी गिरावट
वि.सं.२०७८ जेठ ११ मंगलवार
1.4K
shares
shares
काठमाडौं । हप्ताकाे तेस्रो कारोबार दिन चार ओटा कम्पनीको शेयरमूल्यमा भारी गिरावट आएको छ ।
गिरावट आउनेहरुमा गुराँस लाइफ इन्स्योरेन्स, प्राइम लाइम इन्स्योरेन्स, प्रोग्रसिप फाइनान्स र चिलिमे हाइड्रोपावर रहेका छन् । चार ओटा कम्पनीमध्ये सबैभन्दा बढी गुराँस लाइफ एन्स्योरेन्सको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ४ दशमलव ९६ प्रतिशतले घटेको देखिन्छ ।
कम्पनीकको शेयरमूल्य प्रतिकित्ता ८८२ मा झरेको छ। त्यस्तै प्राइम लाइम इन्स्योरेन्सको शेयरमूल्य प्रतिकित्ता ७७०, प्रोग्रसीप फाइनान्सको २५७ र चिलिमे हाईडोको ६६४ कायम भएको छ । ती चार ओटै कम्पनीको शेयरमूल्य केहि दिन यता सर्किट लेबलमा वृद्धि हुँदै आएको थियो ।




























