काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज २०० ले बढेका छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९३ हजार ८ सयमा कारोबार भएकोमा आज तोलामा दुई सयले बढेको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रहेको छ,भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रहेको छ ।