देश र जनतालाई असर गर्ने काम नगर्ने सरकारलाई चेतावनी:विपक्षी गठबन्धन
वि.सं.२०७८ जेठ १६ आइतवार
shares
काठमाडौं । विपक्षी गठबन्धनका ५ राजनीतिक दलहरुले देश र जनतालाई असर पर्ने किसिमका काम कार्बाही नगर्न सरकारलाई चेतावनी दिएका छन्।
आइतबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र), नेकपा(एमाले)को माधवकुमार नेपाल समुह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समुह र राष्ट्रिय जनमोर्चाको शिर्ष नेताहरुको बैठकले देश र जनतालाई असर पुर्याउन कुनैपनि कदम नचाल्न सरकारलाई चेतावनी दिएका छन् ।
बैठकपछि जारी गरिएको संयुक्त प्रेस वक्तव्यमा सो चेतावनी दिदैँ सरकारको संविधान विपरित र अलोकतान्त्रिक काममा सहयोग नुहन राज्यका सबै अंग र निकायहरुलाई आग्रह समेत गरिएको छ।
बैठकले प्रधानमन्त्री ओली संविधान विपरित गएकाे र संविधानकाे सिमा मिचेर अध्यादेशबाट बजेट ल्याएको पनि निष्कर्ष निकालेको हो।यस्ताे अवस्थामा प्रम अोली सविधान विपरित गइरहेकाे तर्फ उनीहरुकाे छ ।
बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले संसद छल्दै अध्यादेशबाट बजेट ल्याउने कार्य स्वेच्छाचारीता र अधिनायकवादी शैली भएको बताए।
उनले भने – ‘जुन ढंगले अध्यादेशको शासन, विधेयक अधिवेशनमा विधेयक नल्याउने, संसद भंग गर्दै अध्यादेशको शासन ल्याउने जुन काम भईरहेको छ। यो स्वेच्छाचारीता र अधिनायकवादी शैली हो। संसद छलेर बजेट ल्याउने कुरा सरसर गलत कार्य हाे’।
गठबन्धनले सर्वोच्च अदालतबाट न्याय पाउनेमा विश्वास पनि व्यक्त गरेको छ । वक्तव्यमा भनिएको छ, ‘संवैधानिक सर्वोच्चता, कानूनी शासन प्रणाली र स्वतन्त्र न्यायालय रहेको हाम्रो देशमा सर्वोच्च अदालतबाट संवैधानिक व्यवस्थाको संरक्षण भई न्याय प्राप्त हुनेमा हामी विश्वस्त छौँ ।’ जसपाका नेता श्रेष्ठले संसद विघटन अवैध र असंवैधानिक भएका कारण पुर्नस्थापना हुने कुराँमा ५ दल विश्वस्त रहेको बताए।
उनले भने – ‘सम्मानीत अदालतले विगतमा पनि यसबारेमा सहि निर्णय दिएको हो। विगतकै नजिरको आधारमा अहिलेपनि अवैध र असंवैधानिक भएकोले यो पुर्नस्थापना हुन्छ। सर्वोच्च अदालतले न्याय दिन्छ भन्ने कुरामा हामी विश्वस्त छौँ।’
विपक्षी गठबन्धनले संविधान र लोकतन्त्रको पक्षमा एकताबद्ध भई आवाज उठाउन सम्पूर्ण राजनीतिक दल, राजनीतिक दलका नेता, कार्यकर्ता तथा जनतालाई आव्हान समेत गरेको छ।



























