सुनकाे मुल्यमा सामान्य गिरावट
वि.सं.२०७८ जेठ २४ सोमवार
1.4K
shares
shares
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ३०० सयले घटेकाे छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९४ हजार एक सयमा कारोबार भएकोमा आज तोलामा तीन सयले घटेको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रहेको छ ,भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रहेको छ ।
त्यस्तै चाँदीको मूल्य घटेर तोलामा १३५० कायम भएको महासंघले जनाएको छ ।






























