स्वास्थ्यमन्त्री तामाङले गरे आफ्नो सम्पत्ति सार्वजनिक
वि.सं.२०७८ जेठ २५ मंगलवार
2.4K
shares
shares
काठमाडौं । भर्खरै नियुक्त केपी शर्मा ओली नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्री भएपछि शेरबहादुर तामाङले आफ्नो सम्पत्ति सार्वजनिक गरेका छन्।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा मार्फत नवनियुक्त मन्त्री तामाङले आफ्नो सम्पत्ति विवरण सबै सञ्चारमाध्यममा उपलब्ध गराउने र सरकारी वेबसाइटमा राख्ने पनि बताए।
नेपालमा सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।
मन्त्री तामाङले मन्त्री नियुक्त भएको चौथो दिनमै सम्पत्ति विवरण सार्वजनिक गरेका हुन।



























