असार १ गतेबाट आन्तरिक हवाई उडान खुलाउन माग

1K
shares

काठमाडौं । नेपाल वायुसेवा सञ्चालक संघले असार १ गतेबाट आन्तरिक हवाई उडान खुलाउन माग गरेकाे छ।

हाल काेराेना महामारी नियन्त्रणका लागि आन्तरिक हवाई उडान बन्द गरिएकाे छ।

त्यस्तै सरकारले असारबाट निषेधाज्ञा खुकुलो बनाउने तयारी गरिरहँदा संघले सरकारसँग हवाई उडान खुलाउन माग गरेको हो।

कोरोनाको महामारीसँग जुधिरहेका धेरै देशमा समेत आन्तरिक उडान खुला राखिएको तर्फ संघले सरकारको ध्यानाकर्षण गराएको छ।

civil hospital
Hams Hospitals